Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबैथोक चल्ने निषेधाज्ञा किन थप्छ प्रशासन ?

काठमाडौँ । जनजीवन सामान्य बन्नु राम्रो हो । तर कोरोनाको जोखिम घटेको छैन भन्ने कुरा संक्रमणको प्रतिशतले देखाइरहेको छ । काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । यसबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपराह्न बस्दैछ । अपराह्न तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले निषेधाज्ञा कस्तो मोडालिटीमा थप्ने भन्ने निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । अबको निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको दबाब छ । यसमा प्रजिअहरु सकारात्मक छैनन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी प्रजिअहरुको छ । गत मंगलबारदेखि २५ सिटभन्दा माथिका सार्वजनिक गाडी जोरबिजोरमा सञ्चालन छन् । यसलाई भने निरन्तरता दिइने भएको छ । यस्तै पसलहरु पनि दिनभर खोल्न दिइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गते शुरू भएको निषेधाज्ञा यही वैशाख २१ गते सकिँदैछ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल