Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबैलाइ जुटाउँदै सभापित गगन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर काेइराला पक्षका नेताहरूलाई समेट्दै १९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा र कोइराला पक्ष सहभागी नभएकाले सभापति थापाले दुवै पक्षका नेताहरूलाई समेटेर समावेशी सन्तुलन कायम गर्ने प्रयास गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालयका अनुसार, सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूमध्येबाट १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन्।

मनोनीत सदस्यमध्ये ११ जना देउवानिकट, ७ जना शेखर कोइरालानिकट र १ जना शशांक कोइरालानिकट रहेका छन्। विशेष महाधिवेशनपछि सभापति थापाले पहिलो पटक केन्द्रीय सदस्य मनोनयन गरेका हुन्।

मनोनीत हुनेहरूमा निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र जीवन परियार पनि छन्। महेन्द्र यादव देउवा पक्षका मानिन्छन् भने जीवन परियार शेखर कोइरालानिकट नेता हुन्।

मनोनीत केन्द्रीय सदस्यहरूको सूची:

  1. महेन्द्र यादव — धनुषा
  2. जीवन परियार — कास्की
  3. उमेश श्रेष्ठ — चितवन
  4. रमेश रिजाल — पर्सा
  5. सुजाता काेइराला — मोरङ
  6. दिलेन्द्रप्रसाद बडू — दार्चुला
  7. चन्द्रकान्त भण्डारी — गुल्मी
  8. अजयकुमार चौरसिया — पर्सा
  9. लक्ष्मी परियार — उदयपुर
  10. आङ्गेलु शेर्पा — सोलुखुम्बु
  11. दिनेशकुमार यादव — सप्तरी
  12. राजीव कोइराला — सुनसरी
  13. राजीव ढुंगाना — सुनसरी
  14. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
  15. सुशीला मिश्र भट्ट — कैलाली
  16. नागिना यादव — महोत्तरी
  17. दिनेश कोइराला — चितवन
  18. डा. जीवन राना — कैलाली
  19. श्री सीता थपलिया (उर्मिला) — धादिङ

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट १३३ जना केन्द्रीय सदस्य सर्वसम्मत रूपमा चयन भएका थिए।