Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबै नेतालाई पाता कस्ने ओलीको दाउ, संसद सकेपछि अख्तियारमा ओलीका प्रेमकुमार राई र देउवाका जयबहादुर चन्द

काठमाडौं । आफ्ना विपक्षीलाई मौका कुरी कुरी पत्तासाफ गर्ने चरित्रका प्रधानन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि संवैधानिक निकायहरुमा गरेको सिफारिश सुनुवाईका लागि संसद सचिवालय पठाएका छन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भएलगत्तै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।

आफूलाई सत्तामा रहँदा हलचल मच्चाउनेहरुलाई तह लगाउने ओलीको योजना अब बल्ल पर्दामा देखिन थालेको छ । यो निर्णयसँगै अब नेकपाका नेताहरु पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा अध्यक्ष पुष्पकमल दाहालको फाइल पनि अख्तियारले नउठाउला भन्न सकिँदैन । किनकि यहाँ बदलाको राजनीति शुरु भइसकेको छ ।