Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समन्वय समितिमा दुई अध्यक्षको सम्बोधन

काठमाडौं । आफ्नो स्वास्थ्यका कारण लामो समयसम्म सार्वजनिक कार्यक्रमहरुमा सहभागि नभएका प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते भने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समन्वय समितिद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीले सो कार्यक्रमलाई सम्बोधन गर्ने तयारी गरिएको नेकपा निकट सूत्रले बताएको छ । पार्टी एकता भएपछि दुई पार्टीबीच बनेको केन्द्रीय समन्वय कमिटीको यो पहिलो कार्यक्रम हुनेछ । सो कार्यक्रमलाई सम्बोधन गर्न दुवै अध्यक्षलाई आयोजकले आमन्त्रण गरेको बताइएको छ । कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरु, सांसदहरु, केन्द्रीय सम्पर्क विभागका सदस्यहरु, जिल्ला सम्पर्क समितिका प्रतिनिधिहरु, जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने बताइएको छ । रामशाहपथस्थित एलम्बर पार्टी प्यालेसमा आयोजना हुने सो कार्यक्रमलाई संविधान दिवस र दशैं, तिहार, छठ जस्ता पर्वहरुको शुभकामना आदानप्रदान गर्ने मात्र नभई अन्तरपार्टी समन्वयका निम्ति समेत महत्व राख्ने बताइएको छ । आज दिउँसो नेकपाको सचिवालय बैठक बस्दैछ । सो बैठकले पार्टीका एकता प्रक्रिया टुंग्याउन बाँकी रहेका विभाग तथा मञ्चहरुको नेतृत्व छनोट गर्ने बताइएको छ ।


सम्बन्धित समाचार