Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । झापाबाट काठमाडौं फर्किदा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकबाट घेरिँदै निर्मल निवास पुगेका छन् । झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्याएका हुन् । उनको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल अगाडि पुगेका थिए । त्यहाँबाट नाराजुलुस गर्दै चक्रपथको बाटो निर्मल निवास लगिएको थियो । नाराजुसुल हुने भएपछि बिहानैदेखि सुरक्षा व्यवस्थापनमा खटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले समर्थकले निर्मल निवास लगेको बताए । कुनै उच्छृंखल गतिविधि हुनसक्ने भन्दै बिहानैदेखि ठूलो संख्यामा प्रहरी खटिएको थियो । तर कहीँ केही पनि त्यस्ता गतिविधि नभएको उनले बताए । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका थिए । अराजकता मच्चाइन सक्ने आँकलनकै कारण पूर्व राष्ट्रपति निवास वरपरको सुरक्षा व्यवस्था पनि बिहानैदेखि कडीकडाउ गरिएको थियो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल