Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
समानुपातिक प्रणालीमा सिङ्गो देशलाई एउटा क्षेत्र मानेर राजनीतिक दलले १६५ निर्वाचन क्षेत्रबाट पाएको मतको एकमुस्ट रूपमा गणना हुने आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।
समानुपातिक सिटका लागि कुल खसेको मतको ३ प्रतिशत मत कटाउने दलले मात्र सिट सुरक्षित गर्न सक्छन् । ३ प्रतिशत मत नपाउने दलले समानुपातिक तर्फको सिट पाउन नसक्ने व्यवस्था छ भने सो मत सिटका लागि गणनाभित्र नपर्ने हुन्छ अर्थात् खेर जान्छ । समानुपातिक मतबाट सिट विभाजनका लागि निम्न विधि अपनाइने सहप्रवक्ता अर्यालको भनाइ छ
१० देशभरि खसेको समानुपातिक तर्फको मतको कुल सङ्ख्याबाट ३ प्रतिशत मत कति हुन्छ पत्ता लगाउने
२० ३ प्रतिशतको थ्रेस होल्ड कटाउने र नकटाउने दलको पहिचान गर्ने
३० समानुपातिक सिटका लागि ३ प्रतिशत मत कटाउने दलहरूलाई लिने र ३ प्रतिशत मत कटाउने दलहरूले पाएको मतलाई जोडेर कुल योगफल निकाल्ने
४० सो कुल योगफललाई समानुपातिकको कुल सिट सङ्ख्या ११० ले भाग गर्ने ।
५० ११० ले भाग गर्दा जति अङ्क आउँछ त्यो अङ्कले फेरि ३ प्रतिशत मत कटाएका राजनीतिक दलले पाएको समानुपातिक तर्फको कुल मतलाई भाग गर्ने
६० सो भाग गर्दा जुन अङ्क आउँछ त्यति हाराहारीको सिट पाउने अवस्था हुन्छ ।
यसका लागि यहाँ एउटा काल्पनिक उदाहरण मानौँ देशभरिबाट समानुपातिक तर्फ १ करोड १० लाख मत खस्यो, त्यसमा ५ लाख बदर भयो भने सदर मत कुल १ करोड ५ लाख हुन्छ । यो मतमा हिसाब गर्दा थ्रेस होल्ड कटाउने मानौँ ५ दल भए । ३ प्रतिशत कटाएका ती ५ दलले पाएको मतलाई एक ठाउँमा जोड्ने । यसरी जोड्दा ८० लाख मत आएको मानौँ । सो ८० लाखलाई समानुपातिकको कुल सङ्ख्या ११० ले भाग गर्ने । यसरी भाग गर्दा ७२७२७।२७ आउँछ । यो अङ्कले कुनै दलले पाएको कूल समानुपातिक मतलाई भाग गर्नुपर्ने हुन्छ । यसरी भाग गर्दा जति अङ्क आउँछ त्यति सिट पाउने अवस्था हुन्छ । यो उदाहरण अनुसार मानौँ, कुनै दलले कुल समानुपातिक मत ३५ लाख पाएको अवस्थामा ७२७२७।२७ ले भाग गर्दा ४८।१२ हुन आउँछ । यस अनुसार सो दलले ४८ सङ्ख्या हाराहारीमा सिट पाउने हुन्छ ।
तर आयोगले ठ्याक्कै यही सूत्र प्रयोग नगरी सेन्ट लक’ फर्मूला प्रयोग गरेर सिट सङ्ख्या निकाल्ने गर्छ । आयोगले दलको समानुपातिक सिट सङ्ख्या निकालेपछि एक साताभित्र दलहरूलाई सांसदको नाम पठाउन निर्देशन दिन्छ । दलहरूले यसअघि नै बुझाएको बन्दसूचीको विभिन्न क्लष्टरमा रहेको पहिलो स्थानमा रहेका नामलाई प्राथमिकता दिँदै सांसदहरूको छनौट गरेर आयोगमा पठाउनुपर्छ । त्यसमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन ऐनमा रहेको व्यवस्था अनुसार सेन्ट लक फर्मुला प्रयोग गरी भाजकहरूले दलले पाएको कुल मतलाई भाग गरेर दलले कति सिट पाएको छ, त्यसको पहिचान गरिने आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए ।
प्रदेश अनुसार यो संख्यामा हुनेछन् प्रत्यक्ष र समानुपातिक सांसद
प्रदेश १
कुल ९३ सदस्यीय प्रदेशसभा
प्रत्यक्ष निर्वाचित ५६ सदस्य
समानुपातिकबाट निर्वाचित ३७ सदस्य
मधेस प्रदेश
कुल १०७ सदस्यीय प्रदेशसभा
प्रत्यक्षबाट निर्वाचित ६४ सदस्य
समानुपातिकबाट निर्वाचित ४३ सदस्य
बागमती प्रदेश
कुल ११० सदस्यीय प्रदेशसभा
प्रत्यक्ष निर्वाचित ६६ सदस्य
समानुपातिकबाट निर्वाचित ४४ सदस्य
गण्डकी प्रदेश
कुल ६० सदस्यीय प्रदेशसभा
प्रत्यक्ष निर्वाचित ३६ सदस्य
समानुपातिकबाट निर्वाचित २४ सदस्य
लुम्बिनी प्रदेश
कुल ८७ सदस्यीय प्रदेशसभा
प्रत्यक्ष निर्वाचित ५२ सदस्य
समानुपातिकबाट निर्वाचित ३५ सदस्य
कर्णाली प्रदेश
कुल ४० सदस्यीय प्रदेशसभा
प्रत्यक्ष निर्वाचित २४ सदस्य
समानुपातिकबाट निर्वाचित १६ सदस्य
सुदूरपश्चिम प्रदेश
कुल ५३ सदस्यीय प्रदेशसभा
प्रत्यक्ष निर्वाचित ३२ सदस्य
समानुपातिकबाट निर्वाचित २१ सदस्य
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल