Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समीक्षालाई भ्याई नभ्याई

मेला र महोत्सवका कारण गायक–गायिकाहरुको व्यस्तता निकै बढेको छ । दैनिक जसो देशका विभिन्न स्थानमा हुने महोत्सवमा गायक–गायिकाहरु आफ्नो प्रस्तुति दिइरहेका छन् । समीक्षा अधिकारी पनि महोत्सवमा सर्वाधिक माग भएकी गायिका हुन् । समीक्षा हरेक दिनजसो कुनै न कुनै स्थानमा पुगेर आफ्नो प्रस्तुति दिइरहेकी छिन् । हालै मात्र उनले पोखरामा आयोजना भएको ‘सडक महोत्सव’मा आफ्नो प्रस्तुति दिइन् । यो बाहेक उनको व्यस्तता विदेशमा आयोजना हुने कार्यक्रममा पनि खुबै देखिन्छ । समीक्षाले केही दिन अगाडि मात्र दुबई र कतारमा आयोजना भएको साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी थिइन् । नेपाली साङ्गीतिक क्षेत्रमा समीक्षाले लोकप्रिय स्थान हासिल गरिसकेकी छिन् । उनको स्वरलाई मन पराउनेहरूको संख्या पनि ठूलो छ । यसैले, उनको माग महोत्सवमा निकै बढेको हो ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल