Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समृद्धिका लागि एक जुट बनौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशकलाई आर्थिक विकास र समृद्धिको दशकको रूपमा मनाउन आह्वान गरेका छन् । देशमा ठूला–ठूला परिवर्तन भएपनि हुन नसकेको एउटै कुरा आर्थिक विकास रहेको प्रचण्डको ठम्याइ छ । बिहीवार चितवनमा हात्ती महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको मामिलामा एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । देश २००७ सालदेखि राजनीतिक अराजकतामा गयो, हामीले ठूला ठूला राजनीतिक परिवर्तन गर्‍यौं, तर अझै नसकेको कुरा विकास हो । हामी नेपाली राष्ट्रिय स्वाधीनताको मामलामा एक ठाउँमा छौं । एक इञ्च भूमि मिचेको सहन सक्दैनौं, उनले भने ।
प्रचण्डले आर्थिक विकासलाई गति दिनका लागि संकल्प, प्रतिबद्धता र आफैंले आफ्नो ठाउँबाट योगदान गर्ने समय आएको बताए । नेपाल अवसरको संघारमा रहेको भन्दै उनले यसलाई खेर जान दिन नहुने बताए । सबै राजनीतिक दल, नागरिक समाज र युवासँग अबको दशकलाई विकास र समृद्धिको दशकको रूपमा अगाडि बढाउन र प्रकृतिले दिएका स्रोत–साधनको सदुपयोग गरेर समृद्धिको लागि लाग्न आग्रह गर्छु, उनले भने ।