Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र लगायत विभिन्न सम्पदा क्षेत्र सवारीसाधन निषेध क्षेत्र बनाउनका परीक्षण सुरु गरेको छ । मेयर चिरिबाबु महर्जनका अनुसार पाटन दरबार क्षेत्रलाई लगायत विभिन्न सम्पदा क्षेत्र चरणबद्ध रुपमा सवारी साधन निषेध क्षेत्र बनाउन लागेको जानकारी दिए । पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्‍म र स्वठ चोकदेखि क्यालखु चोक सवारीसाधन निषेध गरिने छ भने दोश्रो चरण अन्तर्गत तिछुगल्ली मंगलबजार चोक देखि चक्रवहिल चोकसम्म सवारी साधन निषेध गर्ने छ । यी क्षेत्रमा मंसिर १३, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म प्रवेश निषेध गरिने छ भने मंसिर २४ र २७ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सवारी साधन निषेध हुनेछ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल