Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबेनको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। नरेन्द्र मोदी आफैंले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी दिएका छन्। उनले आमामा तपस्वीको यात्रा, कर्मयोगीको प्रतीक र आफ्नो मान्यतामा प्रतिबद्ध जीवनको रुपमा त्रिमूर्तिको अनुभूति गरेको उल्लेख गरेका छन्।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल