Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको कामप्रति प्रचण्ड नै असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबाट समीक्षा गर्दा सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०–०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले स्थिति अझै जटिल बन्दै गएको बताएका हुन् । हामीले नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएन । स्थिति अझै पनि चुनौतिपूर्ण नै छ । मननीय मन्त्रीज्यूहरुले राखेको कुराले पनि स्थिति जटिलनै छ भन्ने देखाएको छ । आफूले सरकारको नेतृत्व सम्हाल्दै गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ काम गर्नुपर्छ भनेर अगाडि बढेको स्मरण गराउँदै उनले झडै एक वर्षसम्म ठीकै ढंगले गएपनि समीक्षासम्म आउँदा सबैमा बेचैनीको अवस्था आएको बताए । उनले सरकार जोवन धान्ने र काल पर्खिनेजस्तो हुन नहुने बताए । जनतालाई डेलिभरी दिने र विकासका क्षेत्रमा पनि केही गरेर देखाउने संकल्पका साथ अगाडि बढेको सरकार अहिलेको अवस्थामा आइपुग्दा बेचैनीमा परिणत भएको उनको भनाइ छ । आलु आवमा पुँजीगत खर्च २४ प्रतिशतभन्दा कम भएको उनले बताए । पुँजी निर्माण नभई विकासले गति नलिने उनले बताए । म के भन्न चाहन्छु भने मेरो दिमागभित्र अलि बेचैनी बढेको छ । जोवन धान्ने र काल पर्खिनेजस्तो त सरकार हुन हुँदैन । हामीले परिणाम दिने, जनतालाई सेवा र विकासको दृष्टिकोणले पनि केही गरेर देखाउँछौं भनेर अगाडि बढेको हो । तर, परिणाम त्यस्तो भइराखेको छैन । यसले हामी सबैको मुख्यसचिवदेखि सबै सचिवहरुको पनि दिमागमा बेचैनी बढेकोजस्तो महशुस मैले गर्छु । मेरो बढेर अरुको पनि बढेको देखेको हो कि ? चैन भएकोजस्तो देखिएको छैन । परिस्थिति अलिबढी जटिल र चुनौतिपूर्ण देखिएको छ, प्रधानमन्त्री प्रचण्डले भने ।


सम्बन्धित समाचार

फ्रान्स उडिन् साम्बा

२०८१ कार्तिक १५

ताजा नेपाल

सत्यमा नडगमगाएका कुलमान

२०८१ कार्तिक १५

ताजा नेपाल

रास्वपाले भन्याे, रवि निर्दोष छन्

२०८१ कार्तिक १५

ताजा नेपाल