Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादनबारे आज समीक्षा गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे हुने कार्यक्रममा सरकारको ‘१०० बुँदे कार्ययोजना र १०० दिनको कार्यसम्पादन’ विषयमा छलफल तथा समीक्षा गरिने कांग्रेसले जनाएको छ।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतका विभिन्न समितिले सरकारका कामकारबाहीको मूल्याङ्कन गर्नेछन्।
कांग्रेसको अर्थ तथा योजना उपसमितिका संयोजक गोविन्दराज पोखरेलका अनुसार सरकारको १०० दिनका उपलब्धि, कार्यान्वयनको अवस्था तथा समग्र गतिविधिबारे समीक्षा गरी थप छलफलसमेत गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा कांग्रेसका सभापति गगन थापा, पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, संघीय सांसद तथा अन्य नेताहरूको सहभागिता रहने जनाइएको छ।
२०८३ असार २१
ताजा नेपाल
२०८३ असार २१
ताजा नेपाल
२०८३ असार २१
ताजा नेपाल