Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारमाथि खनिए गगन

काठमाडौँ । प्रतिपक्षमा रहेका बेला सत्ताको खरो विरोध गर्ने नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारको पनि कडा आलोचना गरेका छन् । सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले जयसिंह धामी देखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताए । उनले प्रतिनिधिसभाको बाँकी अवधीभर सरकारले जनताको ढोका खोल्ने गरि काम गर्नुपर्ने धारणा राखे । थापाले आगामी चुनावमा कसैको काधमा नचढि बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए ।
उनले पार्टीको विधि–विधान विपरीत काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधानअनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रममा कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेश लगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।