Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारलाई धम्क्याउँदै गुरुको राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सरकारलाई धम्क्याउँदै पदबाट राजीनामा दिएका छन् । भट्टराईले बुधबार पदबाट राजीनामा दिएका हुन् । भट्टराइले आफ्नो राजीनामा पत्रमा गठबन्धन सरकार र तिनका नेताहरुले पदीय जिम्मेवारीभन्दा बाहिर गएर असान्दर्भिक विषय जोड्दै मौलिक हक र वाकस्वतन्त्रता कुण्ठित गर्ने ढंगले आफुलाई सफाइ पेश गर्न निर्देशन दिएकाले राजीनामा गरेको बताएका छन् । देउवा नेतृत्वको सरकारले भट्टराईलाई गत साउन १९ गते स्पष्टिकरण सोधेको थियो । जिम्मेवार तहमा नियुक्त भएको मानिसले स्वघोषित साइबर सेनाको सेनापति भन्दै तल्लो स्तरको राजनीतिक गालीगलौजमा उनको सक्रियता बाक्लै थियो ।

यस्तो छ राजीनामापत्र