Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिँदै कुलमान कानुनभन्दा माथि नरहेको बताएका हुन्। उनले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै यसको श्रेय भारतलाई दिनुपर्ने बताए। मन्त्री खड्काले भारतसँग विद्युत् बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको बताए। मन्त्री खड्काले कुलमानको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएको विषयमा जानकारी दिँदै नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको स्पष्ट गरे। उनले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको भए पनि कुलमानले समयमा नबुझाएको बताए। उनले भने, एकैचोटि पुसमा ल्याएर आफैँ नम्बर दिएर ९९।७८ आएको छ भनेर मन्त्रालयलाई दिनुभयो। खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताउए। साथै मन्त्री खड्काले, उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू, भनी सांसदहरूलाई कटाक्ष समेत गरेका थिए। खड्काले भने, कि मलाई भनिदिनुपर्यो माननीयज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ। उहाँलाई कानुन लाग्दैन। संविधानमा लेखिदिनुपर्यो। साथै मन्त्री खड्काले आफूलाई नटेरेको बताउँदै भने, उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन। चिन्दै चिन्नुभएन।
२०८१ फाल्गुन २२
ताजा नेपाल
२०८१ फाल्गुन २२
ताजा नेपाल
२०८१ फाल्गुन २२
ताजा नेपाल