Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारविरुद्ध वीर हस्पिटलमा आन्दोलनमा आउन सदनबाटै गरेर मुगुका सांसदले आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर शाहीले सरकारकै कारणले गरिब निमुखा जनतालाई आफैँ आत्महत्या गर्ने अवस्था पुगेको आरोप लगाएका छन्। पतिनिधि सभाको बैठकमा बोल्दै गणेश नेपालीको हिजै मृत्यु भइसकेको दाबी गर्दै सरकारको नाटक गरेको आरोप लगाए।

उनले भने, हिजो बेलुका म त्यहाँ गएको थिएँ। त्यसपछि आएर आकस्मिक समय लिएर यहाँ बोलेको थिएँ। उसको करिब–करिब डाक्टरले भनेअनुसार ९५ प्रतिशत ऊ बाँच्ने अवस्था छैन भनेर डाक्टरले भन्नुभएको थियो। तर आज रातिभरि गृहमन्त्री लगायतका व्यक्तिहरूले रातिभरि जुन किसिमको स्टन्टबाजी गर्नुभएको छ, घरी–घरी एयरपोर्ट, घरी त्यहाँको वीर हस्पिटल रातभरि कुर्नुभएको छ, उहाँका प्रति उहाँले गर्न खोज्नुभएको प्रयास होला ठिकै। तर गणेश नेपाली राति नै बितिसकेका रहेछन्। तर बिहानसम्म घोषणा गरिएन।

आफूहरू गएर स्वास्थ्य मन्त्री र हस्पिटलको डिन लगायतका डाक्टरहरूसँग बसेर मृत्यु भएको किन घोषणा नगरेको भनेर प्रश्न गरेको बताए।
उनले थपे, मान्छे मृत्यु भइसकेको छ, पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भनेर पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ वीर हस्पिटलमा
सरकारले दिनदहाडै हैकमवाद चलाएको भन्दै आफूले मुगुवासीलाई आन्दोलनमा आउन आह्वान गरेको बताए।

उनले भने, सरकारले गरिब जनतालाई रुवाएको छ, यसका विरुद्धमा मैले मुगुका जनताहरू सम्पूर्ण सबैलाई र आत्मभावना तथा मनमा दया–माया रहेका सम्पूर्ण नेपालीलाई आन्दोलनका निम्ति वीर हस्पिटल आउनुस् भनेर आह्वान गरेको छु।