Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङ । जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना भई फरार रहेकी प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका(२ बस्ने २२ वर्षीया प्रेम माया तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको हो ।
तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।