Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वहरा नेता हेलिकप्टरमा सरर

मकवानपूर । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणादेखि दर्तासम्मै अघि अघि डा. खिमलाल देवकोटा र पछिपछि रामबहादुर थापा बादल भएका छन् ।उम्मेदवारी घोषणा र मनोनयन मात्रै होइन, परिणामसमेत सोहीअनुसार आउने आँकलन गरिएको छ । प्रदेशका मतदाता र मतभारका आधारमा निर्वाचन परिणाम पनि अघि अघि देवकोटा र पछिपछि थापा हुने निश्चितजस्तै छ ।

देवकोटालाई विपक्षी गठबन्धनबाट गत बुधबार नै उम्मेदवारका रुपमा अघि सार्दा सत्ता पक्ष एमाले आफ्नै अहंकारमा रमाईरहेका थियो । गृहमन्त्री रामबहादुर थापाको उम्मेदवारीको टुंगो लगाउन बालुवाटारलाई समय लाग्यो किनकी त्यहाँ एमाले भित्रकै अन्तरकलह प्रमुख विषय थियो । आज स्थायी समितिका सदस्यहरु र अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि बादल बालुवाटारबाट हेलिकोप्टर चढेर उम्मेदवारी दिन हेटौंडा पुग्ने हैसियत बनाउँदा धेरैलाई सर्वहारा पार्टीका धनाध्य नेताप्रति कठै भन्ने अवस्था आयो । सत्ता पक्षमा देखिएको अहंकार भित्रका प्रतिनिधि प्रस्तावकको रुपमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् भने प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक रहेकी छिन् । त्यसैगरी देवकोटाका प्रस्तावकमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल छन् भने समर्थक काँग्रेस सांसद राधा घले छिन् । निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यतालिका अनुसार शुक्रबार सो पदमा तीनजनाको उम्मेदवारी परेको छ । आज सबैभन्दा पहिले विपक्षी गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट समुह माधव नेपाल समुहका तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका थिए । डा. देवकोटाले उम्मेदवारी दर्ता गरेको केहीबेरमै हेलिकप्टर चढेर यहाँ आईपुगेका सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गरेका हुन् । तेस्रो नम्बरमा नेमकिपाले उम्मेदवारी दर्ता गरेको छ । यो समूह संघिय सरकारमा ओली पक्षदर भए पनि राष्ट्रिय सभाको उमेद्वार भने छुट्टै दिएर आफ्नो चिनारी देखाउँदै छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् ।

सांसद सुरेन्द्रराज गोसाईको प्रस्ताव र सांसद सिर्जना सैंजुको समर्थनमा कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन् । राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्रलाई गत चैतमा परित्याग गरेपछि उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो । यो उप निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राप्रपा र नेमकिपा गरी ५ वटा दलले आयोगमा दल दर्ता गरेका थिए । उम्मेदवारी भने तीनजनाको मात्र परेको छ ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल