Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नागरिक उड्डयन प्राधिकरण क्यान का पूर्व प्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालय हाजिर हुन पुगेका छन् । गत आइतबार सर्वोच्चले क्षेत्रीको पक्षमा आपत्कालीन अन्तरिम आदेश जारी गरेसँगै उक्त पत्र बोकेर क्षेत्री सोमबार प्राधिकरण पुगेका हुन् । तर, हाल प्राधिकरणको प्रबन्ध निर्देशकमा सरकारले ई।प्रदीप अधिकारीलाई नियुक्त गरेको अबस्थामा सर्बोच्च अदालतले क्षेत्रिको पक्षमा फैसला गरेको छ ।
निवर्तमान प्रबन्ध निर्देशक क्षेत्री ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले उक्त स्थानमा अधिकारीलाई नियुक्त गरेको थियो । तर, क्षेत्रीले उक्त अवकाशलाई अस्वीकार गर्दै सर्वोच्चमा रिट हालेका थिए । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निवेदकको माग बमोजिम आदेश जारी गर्न पर्ने नपर्ने कारणसहित पक्ष विपक्षलाई १५ दिनको म्याद दिएर अदालतमा उपस्थित हुन आदेश गर्दै आपत्कालीन अन्तरिम आदेश जारी गरेको छ । सोही पत्र बोकेर क्षेत्री सोमबार प्राधिकरण हाजिर गर्न पुगेका छन् ।
तर, सर्वोच्चको आपत्कालीन आदेश स्पष्ट नभएको र छलफल भएर टुङ्गो नलागेसम्म भन्ने आदेश जारी भएकाले क्षेत्रीले प्रबन्ध निर्देशकको रूपमा काम गर्न मिल्ने नमिल्ने उल्लेख नगरिएकाले हाजिर गर्न नमिल्ने भन्दै उनलाई रोकिएको छ ।
सो कुरा प्राधिकरणकै तीन जना वकिलहरूले समेत क्षेत्रीलाई जानकारी गराएको र छलफल जारी राखेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । ‘अहिले क्षेत्री र प्रबन्ध निर्देशक ई।प्रदीप अधिकारी बीच वान टु वान वार्ता चलिरहेको छ । ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका क्षेत्रीलाई लोभ नगरीकन सहजीकरण गरिदिन आग्रह गरिएको छ’ उनले भने ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल