Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी फैसलामा त्रुटि भएको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको निवेदन सच्याउन अस्वीकार गरेको छ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बुधबार देउवाको मागअनुसार फैसला संशोधन गर्न नमिल्ने आदेश दिएको हो।
देउवाले वैशाख ४ गतेको फैसलामा रिट निवेदनमा विपक्षी नबनाइएका गगनकुमार थापाको नाम उल्लेख गरिएको भन्दै त्यसलाई सच्याउन माग गरेका थिए। तर सर्वोच्चले रिट निवेदनमा उल्लेखित विषयमा मात्र सीमित भएर फैसला लेख्नुपर्ने बाध्यता नरहेको स्पष्ट गरेको छ।
अदालतले सुनुवाइका क्रममा रिट निवेदन, लिखित जवाफ र पेस भएका प्रमाणको समग्र मूल्यांकनबाट न्याय निरूपण हुने भएकाले फैसलामा आवश्यक विषय समेटिन सक्ने जनाएको छ।
यसअघि सोही इजलासले थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको थियो। उक्त फैसलाविरुद्ध देउवा पक्षले पुनरावलोकन निवेदन दिएकोमा सर्वोच्चले पुनरावलोकनको अनुमति दिइसकेको छ।
यसैबीच देउवा पक्षले कांग्रेसको नियमित महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै पूरक निवेदनसमेत दिएको छ। उक्त निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ।
२०८३ भाद्र १२
ताजा नेपाल
२०८३ भाद्र १२
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल