Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सवारी चालक लाइसेन्सको ट्रायल शुक्रबारदेखि

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल आगामी शुक्रबारदेखि हुने भएको छ। लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ। काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए । पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो । यससँगै करिब ४ महिनापछि कोरोनाभाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो । पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ । यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ ।
नयाँ आवेदन अनिश्चित
झन्डै ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम देखिन्छ। पुराना परीक्षार्थीको संख्या ६ लाखको हाराहारीमा रहेकाले नयाँ कहिलेबाट खुलाउने भन्ने निश्चत नभएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् । त्यस्तै विभागले लिखित परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षा हलको उपलब्धता अनुसार एक सिफ्टमा सय जना परीक्षार्थीको परीक्षा गराउने व्यवस्था गरेको छ । एउटा कोठामा कम्तीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गर्नुपर्नेछ ।