Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा पुन बढाउने गृह कार्यमा सरकार पुन अघि बढेको छ। वैज्ञानिक प्रणाली अनुसार सार्वजनिक यातायातको भाडा समायोजन भएको दुई साताको अवधिमा यातायात व्यवस्था विभागले पुनस् भाडा बढाउने प्रस्ताव तयारी गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको हो। गत चैत २५ गते सरकारले वैज्ञानिक प्रणाली अनुसार २२ प्रतिशतसम्म सवारी साधनको भाडा वृद्धि गरेको थियो। उक्त समयमा यात्रु वाहक सवारी १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी १५.७५ प्रतिशतले भाडा वृद्धि भएको थियो। भाडा समायोजनपछि दुई पटक गरी डिलेजमा प्रति लिटर ५५ रुपैयाँ मूल्य वृद्धि भएको छ। भाडा समायोजन हुँदाको बखत डिजेलेको मूल्य प्रति लिटर १८२ रुपैयाँ थियो। अहिले डिलेजको मूल्य प्रति लिटर २३७ रुपैयाँ पुगेको छ। वैज्ञानिक भाडा समायोजनसम्बन्धी कार्यविधिले गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पार्टपुजा, टायर, लुब्रिकेन्टलगायत १३ सामग्रीमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत योगदान रहने अंकभार तय गर्छ। यस्तै इन्धनमा १५ प्रतिशतको मूल्य घटी वा बढी हुँदा स्वचालित भाडादर कायम हुने कार्यविधिमा उल्लेख छ। चैत २५ गतेपछि डिजेलमा ३० प्रतिशत मूल्य वृद्धि भएको छ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल