Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रमा अदलबदल

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरीको डिआईजी पदका हाकिमहरुको सरुवा उथलपुथल बनाएको छ । अधिकांश डिआईजीहरु केन्द्रमा तानिएका छन् । तर भ्रष्टाचार काण्डका नायक सनत बस्नेतका पुजारी वंशी दाहाल रोजेकै प्रदेश एकमा गएका छन् । बागमती प्रदेशका केपी बज्राचार्य प्रदेश २ मा सरेका छन् प्रदेश १ का मन्दीप श्रेष्ठ बागमतीमा पुगेका छन् । गण्डकी प्रदेशमा सनत बस्नेतसँग थर मिलेर कोषराज वन्तको समयदेखिनै रोजेको ठाउँमा पुगेका राजेन्द्र बस्नेत गएका छन् ।
त्यसैगरी किशोर प्रधान प्रदेश पाँच, हरिशचन्द्र अधिकारी कर्णाली प्रदेश र हरि शंकर बुथाथोकी सुदूरपश्चिम पुगेका छन् । राजु अर्याल, प्रजाभक्त श्रेष्ठ, नारायणदत्त पौडेल, प्रविण श्रेष्ठहरु केन्द्रीय कार्यालयमा तानिएका छन् । यो दौडमा सीपी गौतम लतारिएका छन् उनले लठैतहरु प्रयोग त गरे तर लठैतको जोड चलेन । नेताको गफ दिने मन्त्री र सचिवको फूर्ति लगाउने लठैतले काम हुँदैन भन्ने डिआईजी सापले बुझ्छन् कहिले ?
यही बेला सशस्त्रले लेखा र कानुनको सरुवा बढुवामा कोलाहल मच्चाउँदैछ । तर यहाँ आवश्यक दरबन्दी पनि छैन । पदको के कुरा अपजस खाने नेतृत्वले गृहमा दरबन्दी थपको पहल गर्दा मन्त्री परिषद्ले सुनेन । आईजीपी शैलेन्द्र खानालले लेखा र कानुनमा दरबन्दी थप्न सक्ने भए आलोचित हुनु पर्ने थिएन । तर आक्रमण उनैमाथि छ । गृह प्रशासन नत दरबन्दी थप्छ न त बढाउँछ । तर सिमामा फौज कम हुँदाको पीडा कसले बुझ्छ ? त्यही कारण सशस्त्रले भन्सारबाट टीम हटाउने संकेत गरेको छ भने औद्योगिक क्षेत्रको सुरक्षाबाट हटिसकेको छ ।