Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रलाई दरबन्दी थपिने

काठमाडौं । नेपालको सीमा मिचेर भारतीय हैकम प्रदर्शन गर्दा उब्जिएको चरम आक्रोश हटाउन सशस्त्र प्रहरीले चलाएको अभियानले बल्ल सिंहदरबारका नीति निर्माताहरुको ध्यान खिच्न थालेको छ । कुटनीतिक तहबाट समस्याको समधान खोज्ने नेपालले प्रयास गर्यो भारतले टेरेको छैन । जहाँ जहाँ सशस्त्रले पोष्ट खडा गर्यो त्यहाँ अतिक्रमणमा कमी आए पनि सीमालाई प्रयोग गरेर बनाइएका एकतर्फी बाँधको असर झन बढीरहेको छ । यही बेला सशस्त्रको भन्सार र औद्योगिक क्षेत्र हटेको छ । गुल्म खारेज गरी सीमा सुरक्षा गणमा लगिएको छ । गुल्ममा ४ हजार ६४० जना थिए । सरकारले सीमाको जिम्मा सशस्त्रलाई दिएको छ । तर त्यहाँको बन्दोबस्ती मिलाउने सशस्त्रले मागेको नौ हजार दरबन्दी थप्न ढिलाई किन गर्यो ? जबकि बोर्डर आउट पोष्ट ५३७ पुर्याउने नीतिगत योजना छ भने दरबन्दी बिनाको पोष्ट कसरी सुदृढ हुन्छ । सीमा क्षेत्रमा ५ हजार जनशक्ति परिचालित छ । अहिले १३८ बीओपी छन् । यो आवमा ८३ स्थानमा थप गर्ने भनिँदैछ । २१६ बिओपीका लागि आवश्यक जनशक्ति सरकारले थप्नु पर्दछ । एक हजार ८ सय ८० किमी क्षेत्रमा भारतले २ किमी क्षेत्रमा एक बिओपी राखेको छ । नेपाल त्यो रुपमा राख्न नसक्ला दरबन्दी त थप्नु पर्यो । सामान्य सोचमा पनि एक पोष्टमा स्थानअनुसार ३५ देखि ५० जना खटाउँदा ३१६ बिओपीमा ११ हजार ६० जना अवाश्यक पर्दछ । ३७ हजार १ सय ७७ दरबन्दी भए पनि २५०० दरबन्दी खाली रहेको सशस्त्रले ७७ जिल्लामा सञ्जाल पुर्याएको छ । तर गृहका अधिकारीहरु अहिलेको जनशक्तिले २२१ ठाउँमा बीओपी राख्दा फरक नपर्ने बताइरहेका छन् । अहिले रहेका १३८ बीओपी मध्ये चारवटा उत्तरी सीमामा छन् । १३४ बिओपी भारतीय सीमा क्षेत्र पूर्व पश्चिम र दक्षिणमा छन् । भारतले बढी अतिक्रमण गरेको क्षेत्र पनि त्यही हो । गत मंसिरमा ३१ बिओपी स्थापना भएका हुन् । तर त्यहाँ खटेको सशस्त्रको व्यवस्थापन राम्रो छैन । राज्यका लागि बिओपीको महत्व बढेपछि आवश्यक प्रबन्ध राज्यले समयमा गर्नैपर्छ । रिजर्व फोर्स नराखे संगठन चल्दैन ।
८३ बिओपीका लागि आवश्यक जनशक्ति अहिलेकै अवस्थामा सहज हुन्छ भने २२१ बिओपीका लागि दरबन्दी थप्नु पर्दछ । अहिले सेनालाई पनि सशस्त्रको व्याक फोर्सको निम्ति खटाउने विषयमा सरकारी तहमा बहस शुरु भएको छ । उता नेपाल प्रहरीमा ७८ हजार ६३९ दरबन्दी छ । ११ हजार दरबन्दी खाली छ । आइजीपी, ४ एआईजी, २२ डिआईजी, ७९ एसएसपी, १७ एसपी, ४५३ डिएसपी, १४८८ निरीक्षक रहेका छन् । जुनियर अधिकृततर्फ ४२९६, सई ७७८५ असई छन् भने १४९८९ हवल्दार ४६३२१ जवान ३ हजार ३१ कार्यालय सहयोगी छन् ।