Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्र र नेपाल प्रहरीमा आईजिपी नियुक्त हुँदै

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजिपी नियुक्त गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजदेखि प्रहरीका दुवै संगठनको नेतृत्व अनिवार्य अवकाशमा जाँदै छ । सरकारले केही दिनअघि सशस्त्र प्रहरीका राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। नेपाल प्रहरीमा आईजीपी बढुवाको प्रतिस्पर्धामा चारजना एआईजी छन्।