Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सस्तियो सुन कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य सस्तिएको छ । पुस १४ गते, सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि यस दिन २० रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा झरेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा कारोबार हुँदैछ । बुधबार भने सुनको मूल्य बढोत्तरी भएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले महंगिदा प्रतितोला एक लाख एक हजार रुपैयाँ पुगेको थियो । बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा २० रुपैयाँले उकालो लागेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।