Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहयोग रोक्ने ट्रम्पको चेतावनी

एजेन्सी । कोरोना आक्रान्त मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।
डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारी भएको छ, हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ, ट्रम्पले भने । डब्लूएचओले कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको ट्रम्पले आरोप समेत लगाएका छन् ।
ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले दिएको सूचना समेत गलत रहेको आरोप बताएका छन् । अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको डब्लूएचओले बताए पनि विश्वमा धेरै संक्रमित भएको देश अरु नै रहेको आफ्नो सूचनामा रहेको जनाएका छन् ।
गएको जनवरी ३१ मा चीनका केही स्थानबाट हुने यात्रामा ट्रम्पले प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । तर डब्लूएचओले त्यसको समर्थन नगरेपछि ट्रम्प डब्लूएचओसँग रुष्ट हुँदै आएका छन् ।


सम्बन्धित समाचार