Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रेमपूर्ण सानुमैञा असहाय सेवा कोषको सहयोग एवं इभेण्ट सोलुशनको व्यवस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगर समितिद्वारा ‘सांगीतिक माहोलमा गरौं रक्तदान !’ यो बिशेष आह्वानका साथ भिक्षु कोण्डन्य महास्थविरज्यूको प्रमुख आतिथ्यतामा रक्तदान एवं रक्तदान जागरण गीतहरूको ऐतिहासिक सामूहिक लोकार्पण कार्यक्रम एक समारोह बीच स्थानीय नेपाल पुलिस क्लबको सभाकक्षमा आयोजना गरि सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको भावनात्मक शब्द रचना र मनराजा नकर्मीद्वारा कर्णप्रिय संगीत सृजना गरिएको छ वटा गीतहरूलाई सामूहिक रूपमा लोकार्पण गरियो । जसमा प्रमुख अतिथि भिक्षु कोण्डन्य महास्थविर, बिशेष अतिथि प्रेमपूर्ण सानुमैया असहाय सेवा कोषकी संरक्षक,सानुमैञा कर्माचार्य,अतिथिहरू क्रमश ः भिक्षु नागित,भिक्षु सुध्दिको,भिक्षु बुध्ददत्त र श्रद्धाचारी गुरूमाँ रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बौद्ध भिक्षु कौडिन्य महाअवहस्तवीरले १८ वर्षमा प्रवेश गर्नुभएकी निर्जला दुलाललाई रक्त संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले बुद्धका शिक्षामा त्याग र दानको महत्व उल्लेख गर्दै भन्नुभयो, ‘दान भन्नासाथ सम्पत्ति मात्र होइन, कसैलाई केही नभनी आफूसँग भएको रगत दान गरेर जीवनदान गर्नु सबैभन्दा महान त्याग हो ।’ रक्तदान जागरण गीतहरूको संगीत संयोजन वरिष्ठ संगीतकार मनराज नकर्मीले गर्नुभएको हो । करिब ४० वर्षदेखि संगीत क्षेत्रमा निरन्तर समर्पित रहनुभएका नकर्मीले रक्तदान जस्तो पवित्र र मानवीय कार्यका लागि संगीत दिन पाउनु आफ्नो जीवनकै अहोभाग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो,रक्तदान जस्तो पुण्यकार्यका शब्दमा संगीत भर्ने अवसर दिनुभएकोमा नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यप्रति तथा यस अभियानमा संलग्न सम्पूर्ण गायक÷गायिका र सहयोगीहरूप्रति हृदयदेखि आभार व्यक्त गर्नुभयो । यस्तै गीतहरुका रचनाकार एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गीतसंगितमा रचनाकार संगीतकार सँधै ओझेलमा परिरहेको बताउँदै उहाँले रचनाकार भनेको संगितको मूल आधारको भाव झल्काउने पात्र भएको उल्लेख गर्नुभयो । कर्माचार्यले नेपालमा पहिलो पटक रक्तदान जागरण गीत ‘रक्तदान गरि गरौं जीवनदान….’ बोलको रक्तदान जागरण गीत ल्याउनु भएको थियो । जस्मा संगीत र स्वर वरिष्ठ संगितकार रामेश श्रेष्ठले गर्नु भएको थियो । आफ्नो १८औं वर्षको जन्मदिनको उपलक्षमा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाता निर्जलालाई प्रमुख अतिथिबाट शुभकामना–पत्र प्रदान गर्नुभएको थियोे । रचनाकार कर्माचार्य तथा संगीतकार नकर्मी लगायत रक्तदान जागरण गीतमा योगदान पु¥याएका कलाकारहरूलाई प्रमुख अतिथि भिक्षु कौडिन्य महाअवहस्तवीरद्वारा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी उक्त अवसरमा रक्तदान गर्नुहुने सबैलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागरले प्रशंसा–पत्र बितरण गर्नुभएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगर समितिका अध्यक्ष राम रञ्जितको सभापतित्वमा सञ्चालित सो कार्यक्रमको सहजिकरण एवं उद्घो्घोषण डा. घनश्याम खतिवडाले गर्नुभएको थियो । सो ऐतिहासिक कार्यक्रममा नेपाल आईडियल सिजन ६ का बिजयता गंगा सोनामलाई बधाई एवं शुभकामना–पत्र प्रदान गरि सम्मान गरिएको थियोे । लोकार्पण गरिएका रक्तदान जागरण गीतको सार …
रगतको महिमा अपरम्पार
दैब भन्ने तिमी कहाँ छौ ?
सत्कर्म सत्वाणी
उठौं साथी जुुटौं जुटौं
बिकल्प रहित रगतको मूल स्रोत हामी
रगतको दान रक्तदान, जीवनको दान जीवन दान
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल