Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक बाहिरिँदै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।
बैंकका १० जना सेयरधनीहरुले कूल ३ लाख ३४ हजार ८७४ कित्ता संस्थापक सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक शिब लाल भण्डारीको नाममा रहेको १२ हजार २ सय कित्ता, गोबर्धन ढकालको २८ हजार कित्ता, दिन बन्धु कुँवरको १३ हजार १५० कित्ता, गोबर्धन अधिकारीको २३ हजार कित्ता र ज्योति पाण्डेको २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
यस्तै, बैंकले माधव प्रसाद मैनालीको ६९ हजार ७८५ कित्ता, सुलोचना अधिकारीको ७ हजार २६६ कित्ता, अनिश पालिखेको २३ हजार ५०३ कित्ता, पवित्र लाल चुकेको १ लाख ५० हजार कित्ता र उमेश कुमार मुडभरीको ५ हजार ९७० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ ।
बैंकको उक्त सेयर जोकोही सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको १५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ ।