Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसद भण्डारीको अनुहारमा पलाउन थाल्यो छाला

काठमाडौं । खाना पकाउने ग्यास लिक भएपछि आगलागीमा परेका कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। भण्डारीको साथमा रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार उनको अनुहारमा छाला राम्रोसँग पलाएको छ। कान्सेलिङ डाक्टर सुनिल मनोहर केश्वानीले अनुहारमा छाला राम्रोसँग पलाउन थालेकाले सर्जरी गर्न नपर्ने बताएका छन्। यस्तै ग्राफ्ट गरेको छालाले राम्रोसँग काम गरिरहेको भए पनि पूर्ण रुपमा निको हुन भने केही समय लाग्ने चिकित्सक केश्वानीले बताएका छन्। अर्को हप्ता भने सम्पूर्ण ग्राफ्ट गरिएको छालाको मूल्यांकन गरिनेछ। यस्तै फिजियोथेरापीमा पनि क्रमिक सुधार भइरहेको बताइएको छ। आजदेखि नेता भण्डारी बिना सहायता केही समयका लागि बस्न सकेका थिए। अरुको सहयोगमा उठेका भण्डारी कुर्सीमा आफैं बसेको र तीन मिनेटजित हिँडेका पनि थिए।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल