Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साढे दुई बजे सन्दिप छुट्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान सन्दीप लामिछाने साढे २ बजे रिहा हुने भएका छन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर साढे २ बजे छुट्ने भएका हुन् । अहिले रिहाइको प्रक्रिया भइरहेको सन्दीपका कानुन व्यवसायी सरोज कुमार घिमिरेले बताए । उच्च अदालतले मागेको २० लाख धरौटी बुझाउनका लागि परिवारले रकम जम्मा गरिसकेको उनले बताए । जिल्ला अदालतमा धरौटी बुझाएर अदातलबाट तारिख लिएर आएपछि उनी रिहा हुनेछन् । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो ।