Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सातै प्रदेशमा प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको उल्लेख छ ।

जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी (कास्की) प्रदेश प्रमुखमा नियुक्त भएका छन् । यस्तै, प्रदेश २ मा तिलक परियार (बाँके), प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं ९झापा०, गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन) प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

यसैगरी, प्रदेश ५ मा धर्मनाथ यादव (सिराहा), कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी (बैतडी) र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त (चितवन) प्रदेश प्रमुख बनेका छन् ।
नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण आज हुने भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि बिहान ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल