Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सात घण्टा केरकारपछि सचिव कृष्णहरि पुस्कर जगेडामा, प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै जगेडामा राखिएको छ। प्रहरीको सात घण्टा लामो केरकारबाट मुक्त भएको भोलिपल्टै सरकारले उनलाई जिम्मेवारीविहीन बनाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार पुस्करलाई उपराष्ट्रपति कार्यालयबाट सरुवा गरी प्रधानमन्त्री कार्यालयमा तानेको हो। सरुवापछि उनलाई कुनै विशेष जिम्मेवारी नदिई जगेडामा राखिएको सरकारी स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार पुस्करको स्थानमा हालसम्म नयाँ सचिव नियुक्त गरिएको छैन। उपराष्ट्रपति कार्यालयमा नयाँ सचिव पठाउने तयारी सोमबारसम्ममा पूरा हुने बताइएको छ।

पुस्करलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई व्यक्तिगत सन्देश पठाएको विषयमा बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरेको थियो। आवश्यक बयान र अनुसन्धानपछि उनी सोही दिन रिहा भएका थिए।

प्रहरी अनुसन्धानको विषय बनेका पुस्करलाई सरकारले त्यसको भोलिपल्टै जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेको हो। यद्यपि सरुवा र जगेडामा राख्ने निर्णयबारे सरकारले औपचारिक रूपमा कुनै कारण सार्वजनिक गरेको छैन।

सचिव पुस्कर आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको मिति नजिकिँदै गर्दा भएको यो सरुवालाई प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।