Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महानगरपालिकाले शैक्षिक क्षेत्रलाई गुणत्मकतर्फ लैजानका लागि विद्यालयको वातावरण सुदृढिकरण अभियान शुरु गरेको छ । आन्तरिक श्रोतबाट विद्यालय शिक्षक राखेर आर्थिक श्रोत जुटाउनका लागि पसल खडा गरी भाडामा लगाउने पुरानो परम्परालाई तोड्दै महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुलाई सटर भाडा लगाउने काम बन्द गराउन पहल गरेको छ । विद्यार्थीहरुलाई खाजा, शिक्षकलाई तलब, राज्य कोषबाट दिने भएपछि विद्यालय परिषर पनि गुणस्तरीय हुनुपर्ने महानगरको निश्कर्ष छ । विद्यालयहरुलाई नेपालको संस्कृति र सभ्यता झल्काउने नेपाली नाम राख्न निर्देशन गरेको महानगरपालिकाले आप्mनो कार्यक्षेत्र भित्र रहेका विद्यालयका छात्रछात्राहरुलाई चालु शैक्षिक सत्रका लागि छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी संख्या १ लाख ४९ हजार ९५० जना रहेकोमा यसमध्येका १८ हजार १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेको कुरा महानगरे जानकारी दिएको छ । यहि अभियानमा रहेको महानगरले विद्यालयलाई व्यापारिक क्षेत्र नबनाउन विद्यालय हाताभित्र रहेका सटर तथा टहरा हटाउन तीन दिने अल्टिमेट दिएको हो । महानगरको यो निर्णयले विद्यालयको सटर भाडामा लिएर व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई आतंक सिर्जना गराएको छ । महानगरले बेलैमा विद्यालयलाई सूचना दिए पनि विद्यालयले त्यो सूचनाका आधारमा व्यापारीहरुलाई जानकारी नदिएका कारण अहिले व्यापारीलाई सटर खाली गर्ने उर्दी आउँदा समस्यामा परेको हो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल