Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मित्र भरत दाहालले एउटा कडा टिप्पणी गर्नुभयो आरएसएसका तलवी एजेन्टहरूलाई देश भन्ने के थाहा । धर्मधारण गर्ने हो पाखण्ड देखाउने होइन । धर्मको सिमा हुँदैन तर राष्ट्र र त्यससँग जोडिएका आ–आफ्ना संस्कृतिहरूको सिमा हुन्छ । नेपालको आफ्नै बिशिष्ट धार्मिक, सांस्कृतिक इतिहास र मान्यताहरू छन् । जसले एक अर्कामा समन्वयात्मक सस्कृतिको अनुपम उदाहरण दिइरहेको छ । केही आयातीत बिदेशीका सीमित परिचालित पाल्तुहरू बाहेक यहाँ मुस्लिमले दशैं मान्छन् उनिहरूले नेपालका कुल गुरु गोरखनाथ र उहाँका चेला रत्ननाथलाई पीरको नामबाट हाजी पदावलिले श्रद्धा गर्दछन् । बौद्ध, हिन्दूमा कुनै भिन्नता पाइँदैन । सुम्निमा र पारुहाङको रूपमा राई, लिम्बूहरूले आदिनाथ भगवान शिवलाई पुज्दछन् । यो हिन्दू, बौद्ध, किरात ३ सभ्यता, धर्म, सस्कृतिको समन्वय भएको मुलुक हो । आगामी ६ महिनापछि भारतमा लोकसभाको निर्वाचन हुँदैछ । भारतीय लोकसभामा सबैभन्दा धेरै सिटसंख्या भएको बिहार र उतरप्रदेश नेपालको दक्षिण सिमासँग जोडिएको छ भने पश्चिम बंगाल पुर्वी सिमानासँग जोडिएको छ । आगामी लोकसभा निर्वाचनलाई केन्द्रित गरेर आरएसएस र भाजपाले नेपालको तराईमा साम्प्रदायिक भडकाव सृजना गर्दै आफ्नो राजनीति बचाउको खेल खेलिरहेको छ । विशेष गरेर वैष्णव सम्प्रदायमा आरएसएसले व्यापक लगानी लगाएको प्रमाण हामीले प्राप्त गरेका छौं, अहिले त्यसको खुलासा नगरौं ।
धरान, सिराहा, जनकपुर, बर्दिया, नेपालगञ्जमा सिर्जना गर्न खोजिएका साम्प्रदायिक भडकाव त्यसकै रिहर्सल हुन् । मङोल नेशनल अर्गनाइजेसन दार्जिलिङबाट क्रियाशिल गराइएको छ जो भारतीयहरूले पश्चिमा मिसनमै नेपालको हिन्दू जनमत उत्तेजित पार्न सहयोग गरिरहेका छन् । आरएसएस नेपालमा दोहोरो रणनीति बनाएर खेलिरहेको छ । एकातर्फ उनीहरू सेना र दरबारवरिपरिको गिरोह मार्फत् खेलिरहेका छन् भने आर्कोतर्फ माओवादी, एमाले र काँग्रेस मार्फत । केहिसमय पूर्व भाजपा नेता बिजय जोलिले देउवा पत्नी आरजु राणालाई बालुवाटारमै राखी बाँधिदिएर प्राइम टेलिभिजनमा अन्तरर्बार्ता दिँदै हिन्दू गणतन्त्रको एजेन्डा अगाडि सारेका थिए । पछिल्लो चरणमा माओवादी नेतृ पम्फा भुषालको माओवादी बैठकको हिन्दू एजेन्डा पनि आरएसएसकै भाषा हो । माओवादीका कतिपय क्याडरहरू आरएसएससँग जोडिएका छन । आरएसएसका काठमाडौं समयोजकनै माओवादी केन्द्रमा आबद्ध छन् । यसैगरी काँग्रेसभित्र शेखर कोइराला, एमालेभित्र विष्णु पौडेल, महेश बस्नेतसम्मको कनेक्सन आरएसएससँग जोडिएको छ । उता पूर्वप्रधान सेनापती रुकमाङ्गद कटवाल सहित र दरबार वरिपरिको गिरोह पनि आरएसएससँग नै जोडिएको छ । राजतन्त्रको आवरणमा पनि आरएसएसको घुसपैठ ब्यापक छ । तर आरएसएसको मुल उद्देश्य हिन्दू गणतन्त्र स्थापना गरेर नेपाललाई आफ्नो नियन्त्रणभित्रको अस्थिरतामा राख्दै चीन विरोधी पश्चिमा केन्द्र निर्माण गर्नु हो ।
देख्यौं हामीले नेपाललाई हाम्रो अनुकुल बनायौ भनेर युपि र बिहारको सताकब्जा गरेर केन्द्र सरकार आफ्नो हातबाट फुत्किन नदिनु हो । त्यसको लागि आरएसएस धार्मिक मनोबिज्ञान भित्र खेल्न खोजिरहेको छ र तराईलाई साम्प्रदायिक भडकावको केन्द्र बनाउन खोजिरहेको छ । यसमा सबैभन्दा बढी प्रयोग इस्कोन, कृष्णप्रणामि, राधे–राधे, साइबाबा, हरेराम हरे कृष्ण, ब्रह्ममकुमारी राजयोग भैरहेका छन् । यी सम्प्रदायहरू नेपालको प्रकृतीपुजक सस्कृती बिरोधि हुन् । नेपालको समन्वयात्मक तान्त्रिक बैज्ञानिक परम्पराका बिरोधि हुन् । इसाईहरू र यिनिहरूमा देख्दा फरक देखिए पनि दीर्घकालीन उद्देश्य एउटै हो । त्यो हो नेपालको समन्वयात्मक आध्यात्मिक जग समाप्त गर्ने र इन्डियन आवरणमा पश्चिमाको अखाडा बनाएर नेपाललाई अर्को इजरायल बनाउँदै भारत र चिनको बीचमा खेलमैदान बनाउने । जस्तो इसाई मिसनरी आबद्ध मंगोल नेशनल अर्गनाइजेसन दशै बहिष्कार भन्दछन् भने नव बैष्णव सम्प्रदायसँगै आएका इस्कोन, कृष्णप्रणामि, राधे राधे, साइबाबा, ब्रहमकुमारीराजयोग वैदिक बलि परम्पराको बिरोधि हुन् । दुबैको उद्देश्य नेपालीलाई एकतामा जोडने दशैलाई बिवादमा ल्याएर फुटाउ राज गर हो । यसकारण असली नेपाली सनातनी हिन्दू, बौद्ध, किरात, मुस्लिम धर्मावलम्बीहरू सचेत हुन जरुरी छ । हामीले नेपाल एकीकरणको जगको आध्यात्मिक राष्ट्र खोजेका हौ । हामी कसैका बिरोधी होइनौं त्यसको अर्थ नेपाललाई सम्प्रदायिक भडकावमा लैजाने तत्वका हामी हिन्दू या बौद्धको आवरणमा देखिँदैमा त्यसका समर्थक हुन सक्दैनौं ।
किन लगाए पूर्व राजाले योगीहरूको हातबाट टिका ?
पूर्व राजा ज्ञानेन्द्र बिरबिक्रम शाहदेवले योगि बलभद्रनाथ र योगि श्रीषनाथसँग बडादशैको टीका ग्रहण गरेपछि कतिपय लाई कौतुहल्ता लागेको देखिन्छ । कौतुहल्ता लाग्नु स्वभाविक हो किनभने अहिले नेपाल एकीकरणको गौरवशाली इतिहासमाथि फिरङगी २०२८ शाले इसाई, मुसाइ, कसाइ शिक्षाप्रणालीले ढाड भाँचिदिएको छ । नेपालको एकीकरण गुरु गोरखनाथको आध्यात्मिक शक्ति पृथ्वीनारायण शाहको नेतृत्व बिशे नगर्ची, कालू सार्की, झागल गुरुङ, कालू पाण्डे लगायत गोर्खालि सेना र जनताको सहभागीतामा भएको हो । कीर्तीपुरको युद्ध २ पटक पराजय भोगेका गोर्खालि सेनालाई जब सिद्ध भगवन्तनाथले पृथ्वीनारायण शाहलाई तिम्रो साधना पुगेको छैन भनेपछि भगवन्तनाथको आज्ञा शिरोपर गर्दै भैरवको साधना पृथ्वीनारायण शाहले गरेपछि तेस्रोपटक गोर्खाली सेनाले कीर्तिपुर बिजय गरेका थिए । सिद्ध भगवन्तनाथ गुरु गोरखनाथकै साधक हुनुहुन्थ्यो । उहाँले पृथ्वीनारायण शाहकी छोरी बिलासकुमारीको तत्कालीन सल्यानी राजा श्रीकृष्ण शाहका छोरासँग बिवाह गराइदिएर पश्चिममा गोर्खाको सम्बन्ध बिस्तार गराउनु भयो । बेतियामा रहनु भएका बहादुर शाहलाई बिलासकुमारीले भाइ बहादुर शाहलाई लेखेको पत्र लिएर सिद्ध भगवन्तनाथ गएपछि बहादुर शाह नेपाल फर्केर पश्चिम् एकीकरण भएको थियोे । यसकारण नाथ योगिहरू नेपाल राष्ट्रको कुल गुरु हुनुहुन्छ । पछील्लो चरणमा इतिहासको त्यहीँ बिरासदलाई योगि नरहरिनाथले पुनर्जागरण गर्नुभयो । तर राजा महेन्द्रको देहावसानपछि नेपालको राणा नियंत्रित दरबारले इतिहासको बिरासदलाइ बेवास्ता गर्दै योगि नरहरिनाथ र समग्र नाथगुरुहरूमाथि अपमान गरियो ।
२०३४ सालमा योगि नरहरिनाथलाई जेलमा हालेर करेन्ट लगाइयो । तत्कालीन रानी एश्वर्यले योगि नरहरिनाथ विरुद्ध नेपालीबाबा नामक जासुस लगाएर बदनाम गर्ने प्रयत्न गरियो । अमेरिकीहरूको ९० करोड खाएर तत्कालीन बडागुरु केशरीराज पाण्डेको प्रभावमा परेर इस्कोन भिœयाइयो । साइबाबा नामक चटके भेटन जादा योगि नरहरिनाथले रोक्न खोज्नुभयो राजा आफ्नो छाता आफै ओढ्सम्म भन्नुपर्यो । जसको परिणामनै राजतन्त्रको अहिलेको अवस्था हो । आरएसएस, साहिबाबा, राधेराधे, ब्रह्ममकुमारी राजयोग जस्ता पश्चिमा गिरोहले दरबार कब्जा ग¥यो । यो अवस्थामा इतिहासको बिरासदलाई स्मरण गरेर राजा ज्ञानेन्द्रले गोरखनाथ धाराका योगि नरहरिनाथका चेलाहरू बलभद्रनाथ, श्रीषनाथबाट टीका ग्रहण गर्नु सकारात्मक कदम हो । तथापि अहिले गोरखनाथको बिधीपुर्बक पुजा स्वयं पृथ्वीनारायण शाहले गोरखनाथबाट आशीर्वाद पाएको गोर्खा र गुरुगोरखनाथको साधना स्थल मृगस्थलिमै हुन नसक्नु दुःखद् कुरा हो ।
थापाथलीमा महन्त नारायणनाथ गुरुले बडो कठिनता झेल्दै बिधीपुर्बक पुजा चलाइरहनु भएको छ । यसतर्फ सम्बन्धि निकायको ध्यानाकर्षण होस् । धर्मधारण गर्ने कुरा हो । पाखण्ड पर्दशन गर्ने विषय होईन । शङकराचार्यसँगै नास्तिक चार्बाक पनि हुनुहुन्थ्यो यसकारण फरक बिचार हुनसक्छन् । बस्त्र पहिरिदैमा योगि भइँदैन । योगि हुन ज्ञान, ध्यान, साधनाबाट सिद्ध हुनुपर्छ । गुरु ३६ लक्षणलेयुक्त हुनुपर्छ भने चेला ३२ लक्षणको हुनुपर्छ । यदि सिद्ध गुरु छैनन् भने अन्तससाधनाबाट अगाडि बढनु पर्दछ । यहीँ सन्देश गुरुगोरखनाथको दर्शनमा पाइन्छ । यसकारण जस्तो पायो त्यस्तैलाई गुरु बनाउनु हुँदैन । यसका विधि प्रक्रियाहरू छन् । अहिले गुरु गोरखनाथका नाममा उहाँको ध्यान, ज्ञान्, साधना बिश्वासमा होईन कि ध्वंसात्मक मिसनमा घुसपैठ गरेर हिँड्नेहरू धेरै छन् । अहिले नामै नभनौ । यस्ता बिजातिय तत्वहरूसँग सजग रहेर गुरु गोरखनाथका असली अनुयायीहरू आआफ्नो स्थानबाट अगाडि बढ्न जरुरी छ । योगि नरहरिनाथलाई जस्तै उनिहरूले घेराबन्दी गर्ने, बदनाम गर्ने प्रयत्न हिन्दूआवरणमै गर्न खोजिरहेका छन् । स्थिति हाम्रो अनुकुल छैन छद्वमहरूको बिगबिगी रहेको छ । बिजय हाम्रो निश्चितै छ तर अहिले भिडमा होईन ज्ञान्, ध्यान र साधना मार्फत अगाडि बढनुमै असली गुरु गोरखनाथका अनुयायीहरूको कल्याण छ ।
नेपाल एकीकरणमा आदिनाथ शिबअवतार मत्स्येन्द्रनाथ, गोरखनाथ, भैरवनाथ, भगवन्तनाथ, बैतडीका नाथ गुरु योगि बरननाथ, चन्दननाथ, बैधनाथ, बौद्धनाथ लामा गुरुहरू, समस्त नाथ योगि देबि मनकामना, भवानी, महाकाली समस्त ६४ योगिनी देबिहरूको शक्ति रहेकोे छ । नेपाली सेनाको लोगो आदिनाथ भगवान शिबको डमरु, त्रिशुल र धुन जय जय काली जय जय गोरख रहेको छ । इतिहासको बिरासदलाई स्मरण गर्दै नाथगुरुहरूबाट टीका ग्रहण एकीकरणको निरंतरताको बिरासद हो । नेपालका गोरखनाथ मठ मन्दीरमा अधिकान्समा बिधीपुर्बक पुजाआजा हुन सकेको छैन । यो देशमा बिपत्ति आउनुको एउटा कारण आध्यात्मिक दृष्टिकोणमा त्यसलाई पनि मानिन्छ । नास्तिक र कोरा भौतिकबादीहरूले यस्तो कुरा अश्विकार गर्नु अस्वाभाविक होईन । यहाँसम्म कि एकजना डा. चिन्तामणि योगि भन्नेले त आफ्नो प्रबचनलाई गोरखवाणी भनेर प्रकाशन गरेका छन् । यस प्रकारका बदमासहरूको अहिले बिगबिगी छ । पाखण्डिहरूदेखि हामी सबै साबधान रहनु त्यतिकै जरुरी छ । विभिन्न बाधा अवरोधका बीच ८७ वर्षिय महन्त नारायणनाथ योगिले थापाथली मठमा बिधीबिधान पूर्बक पुजा गराइरहनु भएको छ ।
सबैलाई चेतना भया ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल