Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२ वर्ष अगाडि आफ्नै घरमा मृत भेटिएका नायक सारुक ताम्रकारलाई सम्झिएर नायिका उषा रजक धरधरी रोएकी छिन् । आठ मिनेट लामो भिडियो सामाजिक संजालमा पोष्ट गर्दै उषाले सारुकको मृत्युप्रति शंका प्रकट गरेकी छिन् । उषाले भनेकी छिन्–‘आज सारुकको दोस्रो डेथ एनिभर्सरी रहेछ । म आफू पनि दुई तीन हप्तादेखि डिप्रेस्ड समेत छु । म आफूलाई पनि मरुँमरुँ लागिरहेको छ । के गर्ने, उसको बैकुण्ठ बास भइसक्यो होला ।’ उषाले रुदैं भनेकी छिन्–‘ऊ साथीमात्र हुँदा यत्तिको पीडा हुने रहेछ हामीलाई । उसकी आमालाई कस्तो पीडा भयो होला । उसको बुबा पनि बितेर जानुभयो । मैले केही हेल्प गर्न नै सकिनँ, पश्चाताप महशुश भइरहेको छ ।’ उषाले आफूले विपसेना ध्यान गर्ने गरेको, वेद, पुराण सबै बुझेजस्तो लागेको भन्दै सारुकको मृत्युमाथि शंका प्रकट गरेकी छिन् । उषाले अगाडि भनेकी छिन्–‘मैले ध्यान गर्दा कस्तो राम्रो शक्ति आउँछ । ऊ स्वर्गमा, शान्त ठाउँमा छ जस्तो लागेको छ ।’ उषाले आफू यसरी हरेक दिन रुन पनि नसक्ने बताएकी छिन् । उनले, घरको काम गर्नुपर्ने, खाना बनाउनुपर्ने, बच्चा स्कुलबाट आउँछ भन्दै यसरी डिप्रेस्ड भएर बस्दा बच्चालाई पनि असर गर्ने बताएकी छिन् । नायक सारुक ताम्रकारको निधन दुई वर्ष अगाडि भएको थियो । उनले आत्महत्या गरेको पुष्टि समेत भइसकेको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल