Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सार्ककोषको त्यो डलर खोई ?

गत वर्ष कारोना माहामारीको समयमा सार्कक्षेत्रका सरकारहरुले गठन गरेको सार्कसमिती कता गयो । त्यो बेला सार्क कोषमा आपत कालिन राहतका लागी २ करोड १८लाख डलर जम्मा गरीएको थियो ।त्यो कोषमा नेपालले १० लाख डलर दियो । त्यती खेर निकै सक्रीए भएका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले सार्क कोषका बारेमा बोल्दैनन् । भारत आफै पनि कोरोना माहामार िबाट ग्रस्त छ । अमेरीका संग उसले भ्याक्सीन लगाइरहेको छ । नेपालले भारतको सेरम कम्पनि संग २० लाख डोज खोप खरीद गर्ने निणर्य गर्यो । खोपको रकम भुक्तानी पनि दियो । १० लाख डोज खोप नेपालले पायो । आर्को १० लाख आउने बेलामा विजय दुगड मोती दुगड ,सुरज बैधहरु दलालको रुपमा खडा भए । यो टोलीले नेपाली जनताले दोस्रो डोजको भ्याक्सीन लगाउन पाउने अधिकार माथि हस्तक्षेप गर्यो । सरकारले यि विचौलीयालाई कार्वाही गर्न सकेन । पैसा तिरेको भ्याक्सीन समयमा माग्न सक्ने आट प्र म केपी लाई समेत भएन । पछिल्लो पटक राष्ट्रपतीले आफ्ना समकक्षीलाई गुहारीन ।
सरकारको ध्यान जनताको जिवन सुरक्षा भन्दा कुर्ची तर्फ छ । दलहरु विभाजित छन् ४० प्रतिशत युवा शक्ति ५१ प्रतिशत १५ देखि ५४ वर्ष को जनशक्तिले पहिलो डोजको खोप पाएको छैन । सरकारले सिसीएमसी ,विपत व्यवस्थापन केन्द्र,जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणलाई सकृय बनाउन सकेन । सिसिएमसीको काम पाटी फुटाउने र कमीसन बोटल्नेमा केन्द्रित भयो । पाटी एकताले गुमेको माहासचिव पद हात लागेपछि ओम्नी हुकम कम्पनीलाई काम दिलाउन सकृय हुदाँ रक्षा मन्त्री समेत गुमाउन पुगेका इश्वर यती खेर सिसीएमसी बाट पनि हटाइएका छन् । उनलाई विना विभागीय मन्त्री बनाएर प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको स्वास्थ माथि खेलवाड गर्न साथ दिएका छन् । स्वाथ्य क्षेत्रका विज्ञहरुले दिएको सुझाव मानेको भए यती खेर नेपालमा कोरोना माहामारी नियत्रण अभियानले जनताको साथ पाउथ्यो । तर सरकार सार्क क्षेत्रको पुर्व तयारीलाई समेत चासो नदिएर आफु भुक्तानी दिएको भ्याक्सीन समेत माग्न नसक्ने अवस्थामा पुगेको छ । भारतिय स्वार्थमा नेपालको प्राकृतिक सम्पद्धा सुम्पन तयार यो सरकारले चुरे दोहन गरेर मदेशको उत्पादन मुखी जमीन बगरमा परीणत गर्न तयारी गरी रहेको छ ।


सम्बन्धित समाचार