Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिआईएका एजेन्ट र ओली गुटको यस्तो छ डिजाइन

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकता गर्नु नै माओवादी नेताहरूको दशा शुरुभयो । त्यही कारण उपचुनावमा माओवादी पक्ष भक्तपुरमा सफल भएन । पश्चिमा दलालहरूबाट पार्टी हिजो फुटाइयो । त्यही खान्कीमा भुलेका रामबहादुर थापा, देव गुरुङहरू समेत तत्कालिन प्रचण्ड पक्षको घनघोर विरोधी भए । उनीहरूले सकेको गरे केही लागेन फेरि फर्केकै थिए । कहिले डा. बाबुरामले चिथोर्ने कहिले मोहन वैद्यले कोपर्ने गर्दागर्दै पनि माओवादी टसमस भएन । दोस्रो संविधानसभामा तेस्रो दल भयो । दोस्रो संविधानसभामा युरोपेली युनियनको हण्डी खानेहरूले माओवादीलाई सिध्याउन खोजे, सकेनन् ।

काँग्रेस र एमालेको पैसा खाँदै देशभर माओवादी सिध्याउन लागेको टोलीका नेता थिए मोहन वैद्य सहनेता सीपी गजुरेल, रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङहरू । यी मध्ये वैद्य र गजुरेल सकडमा भुकेकै छन्, जनस्तरमा कहीं प्रभाव छैन । समयले तीनैलाई सिध्यायो । दुई वर्ष उफ्रिँदा पनि फिटिक्कै उपाय नलागेपछि उनीहरू टिक्न सकेनन् । देशले संघीयता, गणतन्त्र, समावेशीताको एजेन्डासहितको संविधान जारी गर्दा भारतीय प्रतिनिधि डा. बाबुरामलाई मात लाग्यो । अहिले बाबुरामको हालत हाँसको बगालमा बकुल्लाको चाल छ । पार्टीमा हरेक हण्डर खाँदा प्रचण्डलाई सघाउने कृष्णबहादुर महरामाथि रोशनी प्रकरण लाग्यो ।

त्यही माओवादीमा पम्फा र रामबहादुरले कारबाही भोगे । डा. भट्टराईले दरबार र भारतको कुरा गर्दा पार्टीभित्रै कडा पहरामा सजायँ भोगे । भ्रष्ट शिरोमणि दिनानाथ शर्माले शान्ति प्रक्रियापछि समानुपातिकबाट जनयुद्धको ब्याज उठाए । उनले मसाल छाडेको फल खाईसके । प्रचण्डलाई आपत पर्दा कृष्णबहादुर महरा, जनार्दन शर्मा, हरिबोल गजुरेललगायतको टिमले सघाए । महिलाका मामलामा राम कार्की, हरिबोल पनि चर्चित नै थिए । तर रोशनी शाहीको अल्झनमा सभामुख पदको ख्याल नगर्दा महरा फसाइए । यहाँ सिआइएका दलालहरू सुभाष नेम्वाङ, कल्याण श्रेष्ठ, अग्नि खरेल मात्र होइनन् पहिले पार्टी फुटाएर सिआईएको डलर खाएका रामबहादुर थापा पनि लागे । थापा गृहमन्त्री छन् । अहिले ओली पथका हवल्दार भएका छन् । सेटिङमा फसाइएकोले कृष्णबहादुर महराको न्यायिक धरातल कमजोर छ ।

उनलाई जेल पठाउने काठमाडौंका तत्कालिन न्यायाधीश सुदर्शनराज पाण्डे पुरस्कृत भएर उच्च अदालत पोखरा पुगेका छन् । डिजाइनमै फसाइएकाले महराले सांसद पद छाडेको खण्डमा सबैतिर सफाई दिने पक्षमा प्रधानमन्त्री केपी ओली भएको सुभाष नेम्वाङले आफ्ना निकट पत्रकारहरूलाई बताएका छन् । यो मालिमामा बरु राष्ट्रपति विद्या भण्डारी नरम छिन् । उनले सांसद पद नछाडे पनि दोषमुक्त बनाउँदा मर्यादाका हिसावले पनि समस्या नै हुन्छ भन्ने सुझाव प्रमलाई दिएकी छिन् । प्रम केपी ओलीकै आचरण कुनै बेला नेपाली छापाले पर्दाफास गरेकै हुन् । तर तिनै अहिले सज्जन छन् । राधाकृष्ण मैनालीको भनाइले पनि ओलीको विगत छर्लङ्ग पार्छ ।

अहिले महरा प्रकरणले अध्यक्ष पुष्पकमल दाहाललाई झड्का लाग्यो । प्रचण्डकै स्वीकृतिमा उनी चिनियाँ व्यापारीसँग जोडिए, अस्थायी शिविरका लडाकूको भत्ता प्रकरणमा जोडिए । रोशनी प्रकरणमा उनले प्रचण्डलाई यथार्थ ढाँटे । गृहमन्त्री थापा महरासँग नाराज छँदै थिए । प्रहरीले पीडितको बयानको कागजात नै बदल्यो । नेपालको प्रहरी अपराधीलाई संरक्षण गर्छ सज्जनलाई बन्धनमा पार्ने कानुनी अग्राधिकार पाएको संस्था हो । महरा भन्दा धेरै यौनलम्पट एमालेमा पनि थुप्रै छन् । महरा गृहमन्त्री भएको बेला प्रहरीमा राजनीतिक हस्तक्षेप गर्न दिएनन् । उनैले स्थापित गरिदिएको जेष्ठता, वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल, शैलेन्द्र खनालहरू आईजीपी हुन पाए । पैसाको ब्रिफकेश बुझाउनु पर्ने पूर्ववत व्यवस्था थियो भने यी दुवै लोभीको बाह्र बज्थ्यो । तर अप्ठ्यारोमा त्यही प्रहरीले सिआइएका दलालहरूलाई साथ दियो ।

आईजीपीद्वयले गृहमन्त्री थापाको होइन एमाले ब्राण्डको निर्देशन मानेका छन् । शुद्धता र कानुनी निष्पक्षता हुन्थ्यो भने काठमाडौं जिल्ला अदालतको मुद्दा उच्च अदालतले उल्ट्याउँथ्यो । त्यो प्रकरणमा सेटिङ छ । प्रम ओली महराविरुद्ध जाइ लाग्नुको कारण अमेरिकी स्वार्थको युरेनियम विलिनियम प्रोजेक्ट हो । यसले नेपाल चीन सम्बन्धमा ठूलो झड्का थप्छ । प्रधानमन्त्री ओलीको आफ्नो स्वार्थ पूरा गर्दा पार्टी भड्खालोमा जाओस् मतलब नराख्ने अहंकार एमालेकालदेखिनै जागेको कुरा नेपाली राजनतिले बिर्सनु हुँदैन ।

आफूमाथि यत्रो बज्र प्रहार भएकाले महराका नाममा खाने र कमाउनेहरूले सिआईका दलालहरूको उठीबास रसरंगको निगरानी गर्दा अग्नि, सुभाष र कल्याणको धोती खुस्काउन सक्लान् कि मुलुक यस्तै जालझेल र दादागिरीमा चल्ला ? यही बेला उपचुनावले वामपन्थी जनमतको कदर गरेको छ । सत्तारुढ दल सप्रन्छ कि भन्ने आशामा स्थानीय तहमा वामपन्थी प्रभाव देखियो । भक्तपुर र धरानबाहेक कास्की २, दाङ ३ (ख), बागलुङ २ (ख) वामपन्थीकै कब्जामा आयो ।