Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
४ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी ओली हत्तपत्त आन्दोलनको कुरा गर्दैनन् । तर बुधबार र बिहीबार दुई अलग कार्यक्रममा उनले एउटै बोली दोहोर्याए( अब देशमा आन्दोलन चाहिन्छ ।
बुधबार पार्टीका नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिंदै उनले सरकारको अक्षमता प्रमाणित भइसकेकाले यसलाई हटाउन आन्दोलन चाहिएको बताएका थिए । बिहीबार पनि उनको बोलीमा त्यसकै निरन्तरता देखियो ।
पार्टी निकट खेलकुद संगठनको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सोही तर्कमा अझै जोड दिएर भने,देश बर्बाद हुनबाट जोगाउनलाई पार्टीले सिठी बजाउँदा आन्दोलनका लागि तयार हुनुपर्छ ।
यसअघि मिसन ८४ भन्दै चार वर्षपछिको आम चुनावका लागि अहिलेदेखि नै तयारीका लागि कार्यकर्तालाई सतर्क हुन अपिल गर्ने गरेका ओलीले यसै वर्ष मिसन ग्रासरुट्स र झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाड समृद्धि यात्रा पनि आयोजना गरेका थिए । मधेसको सिरहास्थित सर्रे अम्बासमा बैठक डाक्नेदेखि गैरराजनीतिक महत्वका अन्य कार्यक्रममा जोड दिँदा एमाले अध्यक्षको मक्सद चुनावतिरै लक्षित थियो ।
बिहीबार भने उनले चुनाव भनेर पर्खिन नसक्ने अवस्था उत्पन्न हुन सक्ने भन्दै आन्दोलनको संकेत गरे । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भने बस्ने त त्यसैले ३–४ दिनमात्रैको सूचनाका भरमा पनि आन्दोलनमा जानुपर्ने हुन सक्छ ।
ओलीले यस्तो टिप्पणी बुधबार पनि गरेका थिए । राष्ट्रिय एकता र स्वाभिमानमाथि आक्रमण बढ्दै जाँदा सरकार मुकदर्शक बनेको भन्दै ओलीले तत्कालै आन्दोलनमा जानुपर्ने खाँचो देखेका थिए । नयाँ नियुक्त केन्द्रीय सदस्यहरुलाई ओलीले बुधबार च्यासलस्थित एमाले मूख्यालयमा भनेका थिए,विद्युत व्यापार, देशको भूभाग रक्षा जस्ता संवेदनशील विषयमा सरकार विदेशका सामु कम्फर्टेबल र घुँडाटेकुवामात्रै बन्यो । मुलुकलाई थप बर्बाद हुनबाट बचाउनका लागि एमालेले ठूलो आन्दोलनको सृष्टि गर्नुपर्ने हुन सक्छ
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल