Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिटौलाको आकांक्षामा तँगारो

काठमाडौं । जुन समूह चुनावमा नांगै भयो त्यसले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै पार्टीको विधान लत्याए र स्वार्थमा लिप्त थियो । त्यही समूहले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि अन्तरघात ग¥यो । काँग्रेसमा घात अन्तरघात भयो । विगतमा गुटगत रूपमा अन्तरघात हुन्थ्यो । यस पटक पार्टी पदाधिकारीहरूमा अन्तरघात हुँदा मोरङ र झापाका सबै नेता बढारिँदा थकथक भएको हुनुपर्छ । टिकट वितरणमा विवाद कम भएको काँग्रेस हो । विवादरहित नेपाली कम्युनिष्ट पार्टीमा हो । नेकपा एमालेमा अध्यक्ष केपी ओलीको लहडमा टिकट वितरण हुँदा कति जिल्लामा विद्रोह भयो ।
मृत्यु पर्यन्तसम्म पार्टीमा ठूलै पदमा ढसमस बस्नु पर्ने पार्टी सरकारमा जाँदा मन्त्री नै बन्नु पर्ने प्रकाशमान सिंहहरू पनि राजधानीभित्रैका कुनै निर्वाचन क्षेत्रमा देखा परेनन् । कृष्ण सिटौला एमालेसँग राष्ट्रियसभा अध्यक्षको सपनामा लागेर झापा जाने साहस गरेनन् । विमलेन्द्र निधि, डा. शेखर कोइराला, डा. मिनेन्द् रिजाल, डा. सुनिल शर्माहरूको आफ्नै निर्वाचन क्षेत्रमा भ्याइनभ्याई थियो । सभापति गगन थापालाई हराउन काँग्रेस नै लागे । उनलाई केन्द्रीय समितिले प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नै कृष्ण सिटौला, प्रकाशमान सिंहदेखि डा. शेखरसम्मलाई मन परेको थिएन । थापाले अघिल्लो पटक पनि आफू प्रधानमन्त्रीको दाबेदारभनेर चुनाव जितेर संसदीय दलको नेताको चुनावमा उम्मेदवार बनेका थिए । डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउने आफू प्रधानमन्त्रीको दाबेदार बन्न उनै थापाको सोझो पन देखाए होलान् । तर देउवा समूह आफैं बलियो थियो । डा. शेखर समूहमा ३५ जना संसदले समेत थापालाई साथ नदिएपछि नै उनले आफ्नै टिम बनाएका हुन् ।
यस पटक कृष्ण सिटौला प्रकाशमान सिंह, विमलेन्द्र निधि जस्ता नेताको टिमका सदस्यहरू पनि लथालिंग भए । सिटौलाका पक्षधर उमाकान्त चौधरी र कुन्दन काफ्ले जस्ता भ्रष्टाचारीको लागि अब काँग्रेस मै महत्व छैन । यी दुवै जनाले हिजो मन्त्री बन्दा देखाएको पौरखी चरित्रको व्यापक विरोध भएको हो । काफ्ले त बागमती प्रदेशको अर्थमन्त्री बन्दा बजेट विनियोजन भै घुस मागेको विरुद्धमा काँग्रेसका संसदले मुख्यमन्त्री समक्ष उजुरी दिएका थिए ।
यस्ता भ्रष्ट र नालायकहरूको नेता सिटौलाको एमालेबाट राष्ट्रियसभा अध्यक्ष बन्ने अपेक्षामाथि तँगारो लाग्यो । एकातिर युवा समूहको नेतृत्वमा पार्टी पुगेको छ अर्कोतिर देउवा समूहको षड्यन्त्र नेतृत्वमाथि खवरदारी जारी छ । चुनाव प्रचारमा कतै देखिन नसक्ने देउवा गुट कार्यकर्ता पंक्तिमा पाच्य छैन । पद र सत्ता बाहेक शेरबहादुर देउवालाई चासो थिएन । कर्मचारी सरुवा, बढुवा, प्रहरीको नेतृत्वमाथि ठेक्कापट्टामा हस्तक्षेप गरेर बोरामा पैसा लिने ओली शासनमा पैसाको गोदाम पोलिँदा समेत लाज छैन । गगन विश्वको समूहको कारण काँग्रेसको अस्तित्व जोगिएको हो । तर देउवाका दलालहरूलाई नियमित महाविधेशनको काउकुती लागेको हुनुपर्छ । अब पनि यो खञ्चुवा समुहलाई काँग्रेसमा स्थान छ हुन्छ भन्ने लागेको छ भने त्यो खोलो उल्टो बग्छ भन्ने सोच्नु सरह हो ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल