Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धुपाल्चोकमा ३७ घर पुरियो, ३८ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा ३७ घर पुरिँदा बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको बताइएको छ । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी( सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् । कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।