Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र प्रशासन सहमत

बारा । बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको वार्तापछि तीन बुँदे सहमति भएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो । वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्नेजस्ता तीन वटा विषयलाई सम्बोधन गर्ने कुरामा दुवै पक्षबीच सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । वार्तामा सहभागी जेनजीका अगुवाले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ‘ग्यारेण्टी’ हुनुपर्ने माग राखेका थिए । प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख र जेनजीको तर्फबाट अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादव, बाराका अध्यक्ष सम्राट उपाध्यायसहित जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको सहभागिता थियो । बुधबारदेखि तनावमा रहेको सिमरा घटना साम्य पार्न छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । दुवै पक्षबीच छलफल जारी रहेको समयमा जेनजीका अगुवा गुरुङ सहभागी हुनुभएको उनले बताए । जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र अर्का एक स्थानीय एमालेका युवा नेता छन्, प्रजिअ मिश्रले भने । बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त बनेको थियो । स्थिति सामान्य बनाउन लगाइएको कफ्र्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभरि वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल