Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीआईएले खोल्यो नेपालमा कम्युनिष्ट पार्टी

अर्जुन ज्ञवाली

थाहै नपाइ सिआइएको काम गरिरहेका कम्युनिस्ट कार्यकर्ताहरू
भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यवादको चर्को नारा दिने युवाहरूलाई गोलचक्करमा फसाएर तिनै भारतीय र अमेरिकीहरूको गुलाम बनाउने कार्य नेपालका कम्युनिस्ट हरूले गर्दै आइरहेको कुरा पूर्व सिआइए प्रमुख Wiiliam Colby ले खुलासा गरेका छन् । The Secret Wars of a Controversial Spymaster पुस्तक मार्फत् उनले शित युद्धकालिन समयमा विशेष गरेर कम्युनिस्ट मुलुक रुस, चीन, भियतनाम, उतरकोरिया, क्युवालगायत यी देशका छिमेक वरिपरि ८०० कम्युनिस्ट पार्टी सिआइएलेनै गठन गरेर छद्वम युद्ध चलाएको उल्लेख गरेका छन् । नेपालमा कम्युनिस्ट पार्टीको शुरुवाती क्रममै सिआइए सजिलैसँग प्रवेश गर्न सफल भयो । नितिगत रूपमा २०१७ सालपछिको दरभङ्गा सम्मेलनमा सिआइए मिशनअन्तर्गत स्थापना गरिएको नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ऋषिकेस शाहले भाग लिएका थिए । उनले पुष्पलाललाई संसद पुनस्र्थापना र मोहनविक्रम सिहलाई संविधानसभाको एजेन्डा बोक्न लगाए । कम्युनिष्ट विरुद्ध गठन भएको इन्टरनेशनल सोसलिष्टसँग जोडिएको नेपाली काँग्रेसको दुई तिहाई सरकार अपदस्थ भएको अवस्थामा त्यही संसद पुनस्र्थापनाको नारा पुष्पलालले सिआइए योजनाअनुसार नै बोकेका थिए । जबकि तत्कालिन अवस्थामा भारतको आड भरोसामा सशस्त्र संघर्ष गरेको नेपाली काँग्रेसले संसद पुनस्र्थापनाको नारा त्यतिबेला दिएको थिएन ।
विशेष गरेर चिनको जनवादी क्रान्ति र भारतको नक्सल प्रभावित २०२८ को झापा वर्गशत्रु सफाया आन्दोलनमा राणाहरूसँग पारिवारिक सम्बन्ध भएका माधब नेपाललाई तत्कालीन मालेभित्र घुसाएर सिआइएले तत्कालीन मालेका विद्यार्थी संगठन अनेरास्ववियु पाँचौ मार्फत् घर–घरमा प्रवेश ग¥यो । यता उग्रक्रान्तिकारी नारामा २०३१ सालमा मोहनविक्रमको नेतृत्वमा नेकपा चौम गठन गराएर चिनियाँ नेता देङ गद्दार सम्सोधनबादी भन्ने एजेन्डा बोकाइयो । पछि चौमबाट मसाल, मशाल, एकता केन्द्रहुँदै माओवादी बनाइयो । सन १९८४ सम्म आइपुग्दा सिआइएले अमेरिकी नागरिक सिआइए एजेण्ट बबअभाकियनको नेतृत्वमा माओवादको नारामा अन्तर्राष्ट्रिय क्रान्तिकारी सङगठन रीम गठन गरायो जसको सस्थापक सदस्य नेपालबाट नेकपा मसाल बन्यो । एकता केन्द्रहुँदैपछि माओवादीहरू सिआइएले गठन गरेको यो संगठनमा आबद्ध भए । बाहिर उनीहरू आफुलाई चिनियाँजस्तो देखाउने काम गरेर जनतालाई भ्रम छर्ने वास्तविक रूपमा अमेरिकन र युरोपेली इसाईहरूको काम गर्ने गरिहरेका छन् । अहिले नेपालको संसदमा रहेका माधब कुमार नेपाल, प्रचण्ड, उपेन्द्र यादव स्मरण रहोस् उपेन्द्र यादव पुस्पलालको बिद्यार्थी सङठनका नेता हुन् । यसैगरी अशोक राई, मोहनविक्रम सिंहको प्रतिनिधित्व गरेका चित्रबहादुर केसी, सुबास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ आदि यस्तै प्रवृत्तिका उत्पादन हुन् । पछिल्लो राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल पुष्पलालकै इन्डो÷सिआइए स्कुलिङबाट कांग्रेस बनेका ब्यक्ति हुन् । जसले पञ्चायतकालमा भृकुटीमण्डपमा चीनिया स्टलको माओको फोटो लातिले हानेर फुटाएका थिए । यो कुरा सिआइए मिशनमै स्थापित नेपालको सबैभन्दा पुरानो ऋषिकेश शाह सस्थापक अध्यक्ष रहेको नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष महामुनिश्वर आचार्यले सम्पादन गरेको तत्कालीन बागमती अञ्चलका शक्तिशाली अञ्चलाधिस तेजबहादुर प्रसाइको आत्माकथामा उल्लेख छ । त्यतिमात्रै होइन मृत्युपश्चात् प्रकाशति गिरिजाप्रसाद कोइरालाको जगत नेपालले सम्पादन गरेको आफ्नै कुरामा पनि रामचन्द्र पौडेलले विदेशी गुप्तचरको आडमा आफूलाई दुःख दिएको कुरा उल्लेख गरेका छन् । इण्डो÷अमेरिकी योजनामा कथित नेपाली सेनाको २ वटा सैनिक गणभित्र भएको २०५८ जेष्ठ १९ को दरबारहत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको भनेर भारत–अमेरिकी सेनाको षड्यन्त्र ढाकछोप गर्न हत्याकाण्ड भएको पाँच मिनेटपछि पहिलो प्रतिक्रिया दिने ब्यक्ति मात्रै होइन तत्कालीन बिद्रोहि माओवादीको परमधाम निर्मल निवास भन्ने रामचन्द्र पौडेल तिनै माओवादी प्रस्तावक बनेर राष्ट्रपतिको उम्मेदवार बनेका छन् । बिस्तृत जानकारीका लागि The Secret Wars of a Controversial Spymaster पुस्तक पढ्दा हुनेछ । नेपालका कथित प्रगतिशील लेखक बुद्धिजीवीहरूमा शितयुद्दकालिन समयको मिसनरिको सिआइए लगानीछ जो एनजिओ र आइएनजि ओ मार्फत् आउने गर्दछ । प्रकाशन सस्थाहरू पनि त्यसैगरी स्थापना गरिएका छन् । जसको प्रपोगण्डा जर्जसोरोस, दलाइ लामा, समम्योङ मुन जस्ता सिआइए संरक्षक ब्यक्ति मार्फत लगानी लगाइएका कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोष्ट, सेतोपाटी, अनलाइनखबर, हिमाल खबरपत्रिका, रातोपाटी, शिलापत्र, बाह्रखरी जस्ता ठूला मिडिया र अनलाइनमार्फत् प्रपोगण्डामा ल्याइन्छ । यश प्रकारका पत्रकार बुद्धिजी र प्रकाशन सस्थाहरू सिआइएले भाडामा खरिद गरेका बौद्धिक बेश्याहरू हुन् ।

किन भयो राष्ट्रपतिमा माथापच्चि
राष्ट्रपति आलंकारिक भनिए पनि डा. रामवरण यादव राष्ट्रपति भएको समयमा प्रधानसेनापती रुकमाङगद कटवाल प्रकरणले निम्त्याएको परिणामस्वरूप शितलनिवासमा देशीविदेशी शक्तिकेन्द्रको पनि चासोरहेको देखिन्छ । अहिले प्रधानमन्त्री छबिलाल दाहाल दोहोरो भुमिकामा देखापरेका छन् । उनी एकातर्फ आफ्नो हिंसाकालिन मुद्दाबाट त्राहिमाम छन् । एउटा खुट्टा पश्चिमसँग अर्को खुट्टा चिनिया हरूसँग । यसैगरी एउटा हात भारततर्फ, अर्को हात युरोपेली चर्चसँग फैलाइरहेका छन् । सन १९९० भन्दा अगाडिको भुराजनीतिक खेलमा प्रधानमन्त्री छबिलाल दाहाल देखिन्छन्, तर अहिले सन ९० को दशक अगाडिको भुराजनितिमा नेपाल जान सक्तैन । अहिले दक्षिण एशियाको राजनीतिमा मात्रै होइन विशेषत नेपालमा चीन/अमेरिका आमने–सामने छन् । नेपाल सन्दर्भमा चिनियाँ र पश्चिमासँगै जानै सक्दैन भन्नेकुरा २०५८ जेष्ठ १९ मा भारत/अमेरिकी योजनामा नेपालको सेना हातलिएर गरिएको दरबार हत्याकाण्डलेनै पुष्टि गरेको छ । प्रधानमन्त्री छबिलाल दाहाललाई अहिले राष्ट्रपति गैर कम्युनिस्ट खेमामा लैजान मात्रै महत्व दिइएको हो । राष्ट्रपति कांग्रेसमा लैजाना साथ गैर कम्युनिष्ट सरकारको पहलमात्रै शुरुहुने छैन सेना÷कांग्रेस गठबन्धन मार्फत बामपन्थी सफाया योजना कार्यान्वयन हुनेछ । त्यसको लागि पेरुमा जसरी गोन्जालो समाप्त नपार्दासम्म अल्बर्टो फुजिमोरिलाई सिआइएले भरपुर सहयोग ग¥यो अहिले प्रधानमन्त्री दाहाललाई त्यसरिनै प्रयोग गर्न खोजिँदैछ । जब गोन्जालो समाप्त भए फुजिमोरिलाई मानवअधिकार हनन्को मुद्दा लगाएर जेल हालियो । राष्ट्रपति कांग्रेस बनाइसकेपछि प्रधानमन्त्री दाहालको औचित्य सकिनेछ । यहाँसम्म आइपुग्दा उनले चीन, भारत, पश्चिमा सबैको बिश्वास गुमाइसकेका हुनेछन् । जनधरातल त्यसै पनि माओवादीको गुमि सकेको अवस्थाछ । त्यसपछि दाहाल जस्ता अस्थिर पात्रको औचित्य सबैको लागि सकिनेछ ठिक फुजिमोरिको अवस्था सृजना गरिनेछ । शक्ति र सताले धेरै शासकलाई अन्धो बनाएको हुन्छ । जब आँखा खुल्छ समय बितिसकेको हुन्छ । सन्सारमा पतन भएका धेरै शासकहरूको अवस्था यही हो ।

अफगानिस्तानबाट भारत, चीन र रुसको पहलमा अमेरिकी सेना बहिर्गमन भएपछि श्रीलंकामा कोसिस गरेका पश्चिमाहरू त्यहाँ पनि असफल भएपछि नेपाल केन्द्रित भएका छन् । दरबारीया ÷पश्चिमा सेना राष्ट्रवाद र अहिले कांग्रेसलाई राष्ट्रपति बनाएर अमेरिकी योजनामा अर्को ‘कु’ को प्रयत्न अमेरिकी सैन्य बेश निर्माण गर्ने योजनामा केन्द्रित छ । अमेरिकी सुरक्षा सम्झौता एसपिपिले यो षड्यन्त्रको पर्दाफास भैसकेको छ । प्रधानमन्त्री छबिलाल दाहाल कांग्रेसलाई रास्ट्रपति बनाउने खेलमा लागेभने उनलाई फुजिमोरी बन्न त कसैले रोक्न सक्तैन नै अमेरिकी मिशन त्यो घेरासँग असहमति राख्नेहरूको राजनीति सफाया गर्ने प्रयत्न गरिनेछ । पश्चिमाहरूको सैनिक बङ्करमा बसेर चिनियाँहरूसँग समदुरी सम्बन्ध बिकास गर्न खोज्दा बिरेन्द्र सेना प्रयोग गरेर मारिए । २०४८ सालमा बामपन्थीको बहुमत रोक्न नेकपा मसाल र मोहनबिक्रमलाई बहिष्कार गर्न लगाएर इन्डो/पश्चिमाले कांग्रेसलाई अगाडि ल्याए । २०५६ मा बामपन्थी बहुमत रोक्न राष्ट्रघाती महाकाली सन्धि ल्याएर एमाले विभाजन गराए । दोश्रो संविधानसभामा माओवादी भित्र सिआइएले मोहन बैधलाई बहिष्कार गर्न लगाएर तेस्रो दलमा पु¥याइदियो । नेकपा विभाजनमा अदालतले मुद्दाको सीमा भन्दा बाहिर गएर एमाले माओवादी केन्द्र ब्युताइदियो । यस्ता षड्यन्त्रमा स्वयं बामपन्थीनै प्रयोग भए । अहिले पनि त्यसरिनै प्रयोग गर्न खोजिदैछ । यसको मूल कारण सीआईएले सीतयुद्धकालिन अवस्थामा संसारभरि छद्म युद्ध गर्न खटाइएका आठ सय कम्युनिष्ट पार्टीहरूमध्ये नेपालमा गठन गरिएका चौम, मसाल, मशाल, एकता केन्द्र, माओवादी जस्ता सीआइए फण्डिङ दलहरू संसदमा निर्णायक अवस्थामा रहनु हो ।

वेश्यालयभित्र चरित्र खोजेर पाइँदैन
नेपाली राजनीति ठिक वेश्याघरको चरित्रसँग मिल्दो छ । पञ्चायतको प्रधानपञ्चको जति प्रधानमन्त्रीको इज्जत छैन । पञ्चायतको वडा अध्यक्षको जति सांसदको सम्मान छैन । अहिलेको यो दलाल सम्सदिय कथित संघीय लोकतान्त्रिक गणतन्त्र र वेश्याघरको चरित्रमा तात्विक भिन्नता छैन । हिजो माओवादीको परमधाम निर्मल निवास हो । दिपेन्द्रले दरबार हत्याकाण्ड गराए भनेर भन्ने रामचन्द्र पौडेल, ५० लाख टाउकोको मुल्य तोक्ने देउवा र तोकिने प्रधानमन्त्री छबिलाल दाहालको राष्ट्रपतिमा भएको गठबन्धन राजा विरेन्द्रको हत्या गर्ने देशी–विदेशी शक्तिकेन्द्रले गराइदिएको मिलन हो । राष्ट्रपतिको निर्वाचनपछि छबिलाल दाहालको औचित्य सकिनेछ । रामचन्द्र पौडेल र सुबास नेम्वाङमा नितिगत रूपमा तात्विक भिन्नता छैन । जातिवादी कलस्टरमा उग्रवामपन्थी राजनीति गर्दै आएका माओवादीहरूले अब पौडेललाई मत दिने कि नेम्वाङलाई ? प्रश्नचिन्ह खडा भैसकेकोछ ।


सम्बन्धित समाचार