Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौंं । सुनको उच्च मूल्यवृद्धि भदौयता निरन्तर चलिरहेको छ। भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनले असोजको पहिलो हप्ता पनि फेरि अर्को उचाइ लिएको हो। आइतबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज १ लाख ५८ हजार ८ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो। यो हालसम्मकै सर्वाधिक मूल्य हो। यसअघि भदौ ३१ मा सुन १ लाख ५७ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कीर्तिमान बनेको थियो। महासंघका अनुसार आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले मूल्य बढेको छ। शुक्रबार १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको छ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल