Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । विलासी वस्तु सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो । यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।