Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो । आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघेको छ । खासगरी यतिबेला अमेरिकाको हर्कतका कारण सुनको भाउ बढेको व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय द्वन्द्व थप चर्किने संकेतका कारण विभिन्न मुलुकका केन्द्रीय बैंकले सुनमा लगानी बढाएका छन्’ बज्राचार्यले भने ‘यसले मागसँगै मूल्य बढिरहेको हो । त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल