Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य ५ सय घट्यो

काठमाडौँ — सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँपनि मूल्य घटेको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार बुधबार प्रतितोला सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।