Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि एक सय रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।