Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। साताको तेस्रो दिन सुनको कारोबार मूल्यमा प्रतितोला ५०० रुपैयाँ बढेको छ। मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी संघले जानकारी दिएको छ।
गत आइतबार प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार २०० रुपैयाँ बढ्दा १ लाख १२ हजार ५०० रुपैयाँ भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा झिनो बढोत्तरी छ। सोमबारका तुलनामा ५ रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला १४ सय १० रुपैयाँ भएको छ। सोमबार १४ सय ५ रुपैयाँ थियो भने साताको पहिलो दिन १४ सयमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस १९३१.०२ डलर पुगेको छ। चाँदी प्रतिऔंस २३.१८ डलरमा कारोबार भइरहेको छ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल