Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। सुनचाँदी अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य कमजोर देखिएको भए पनि स्थानीय बजारमा उल्लेख्य उतारचढाव छैन। साताको दोस्रो दिन सोमबार सुनचाँदी अघिल्लो दिन कायम मूल्यमै स्थिर छ।
सुन प्रतितोला १ लाख १० हजार ३ सय छ भने चाँदी तोलाको १३ सय ९० रुपैयाँ छ। गत शुक्रबारदेखि चाँदीको मूल्य स्थिर छ भने सुनको कारोबार मूल्य मात्र एक सय रुपैयाँको बढोत्तरीसहित आइतबार कायम भएको हो।
चाँदी २० रुपैयाँ बढोत्तरीपछि शुक्रबार तोलाको १३ सय ९० रुपैयाँ भएको हो। त्यसयता मूल्यमा घटबढ छैन। यसअघि बिहीबार प्रतितोला १३ सय ७० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८८९.५२ डलरले कारोबार भइरहेको छ। यो मूल्य गत साताका तुलनामा कमजोर भएको हो। अघिल्लो सोमबार १९१२.५८ डलरले कारोबार भएको थियो भने शुक्रबारसम्म घटेर प्रतिऔंस १८९२.२६ डलरमा आइपुगेको थियो।
चाँदीको मूल्यमा धेरै फराकिलो उतारचढाव छैन। सोमबार प्रतिऔंस २२.७५ डलरले कारोबार भइरहेको छ। गत शुक्रबार प्रतिऔंस २२.८२ डलर थियो भने गत बुधबार घटेर २२.५५ डलर चलेको थियो।